३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बाँकेमा खेतका फाँट धुलाम्मे

बाँकेमा खेतका फाँट धुलाम्मे
अ+ अ-

नेपालगन्ज (बाँके), १५ असारः यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाटेको छ ।

असारमा पनि खेतका फाँट धुलाम्मे भएको देख्दा बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया थारूले विगत वर्षहरुमा यस्तो समस्या भोग्न नपरेको सुनाउनुभयो ।

“वैकल्पिक सिँचाइ वा पानी लाग्ने अवस्था छैन, त्यसैले हामीलाई धेरै गाह्रो छ”, उहाँले रासससँग भन्नुभयो । आफ्नो १० कट्ठामात्रै खेत रहेको उल्लेख गर्दै थारुले परिवार पाल्न करिब डेढ बिघा क्षेत्रफलमा धानखेती गर्दै आएको बताउनुभयो । यसपटक पर्याप्त वर्षा नभए धानको उत्पादन घट्दा त्यसको प्रत्यक्ष असर उहाँको परिवारमा पर्ने निश्चित छ ।

बर्सेनि (बटैया) अधिया धानखेती गरेर करिब १० क्विन्टल धान उत्पादन हुने गरेको अनुभव सुनाउँदै थारुले भन्नुभयो, “जति सकिन्छ त्यति नै रोप्ने हो तर अहिलेसम्म वर्षा भएको छैन ।”

सिक्टा सिँचाइका सुविधा भएका स्थान र डिपबोरिङमार्फत हुने सिँचाइबाट बाँकेका केही स्थानीय तहमा रोपाइँ गरिएको छ । तर अधिकांश खेतका फाँट धुलाम्मे देखिएका छन् । खासगरी डुडुवा, नरैनापुर र राप्तीसोनारीका दक्षिणी भेगका खेत धुलाम्मे अवस्थामा छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले वर्षा नभएका कारण आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै भदौको पहिलो सातासम्म रोपाइँ गर्न मिल्ने बताउनुभयो । उहाँले अहिले पनि किसानका ब्याडमा रहेको बीउ ठूलो नभएकाले जिल्लाको उत्तरी भेगमा मात्रै केही मात्रामा रोपाइँ भएको जानकारी दिनुभयो ।

“अब केही दिनमा वर्षा सुरु हुँदैछ, त्यसबेला खेत बनाउन पनि समय लाग्छ, त्यसैले एक सातापछि बाँकेमा रोपाइँ सुरु होला”, प्रमुख घिमिरेले भन्नुभयो । गत वर्ष जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये तीन हजार ८१८ हेक्टरमा रोपाइँ भएको थियो । रोपाइँ हुने क्षेत्रफल कुल ३४ हजार ७११ हेक्टर जमिनमध्ये गत वर्ष ११ प्रतिशतमात्रै रोपाइँ भएको थियो । तर अहिले असार १२ गतेसम्म जिल्लाका केही भेगबाहेक अधिकांश क्षेत्रमा रोपाइँ भएको छैन ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार असार १२ गतेसम्म धान रोपाइँ हुने कुल ३३ हजार ७८० हेक्टर जमिनमध्ये १६८.९ हेक्टरमा रोपाइँ भएको छ । प्रतिशतका आधारमा यस रोपाइँलाई ०.५ प्रतिशतका रूपमा लिन सकिन्छ । ज्ञान केन्द्रका अनुसार कतिपय स्थानमा त किसानले वर्षा नहुँदा धानको ब्याड समेत राख्न पाएका छैनन् ।रासस