१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरमा जंगली हात्तीले ६ घर भत्कायो



अ+ अ-

उदयपुर। चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ ।

कुमाङमा गए राति जङ्गली हात्ती प्रवेश गरेर ६ वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनुभयो ।

प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर, दिलबहादुर मगरलगायतको कर्कटपाताको छानो भएको काठको घर भत्काएको हो ।

यस्तै, हात्तीले स्थानीयको घरको अन्नपातसमेत खाएको छ । राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताउनुभयो । हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डीगढी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ ।

कोशीटप्पु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौरी र ४५ चोक आसपास क्षेत्रको जङ्गलमा रहेको बताइएको छ । अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताउनुभयो । रासस