३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा



अ+ अ-

कालीकोट। कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका नौवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएपछि आइतबार जिल्लालाई घोषणा गरिएको हो ।

जिल्लाभरका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकाले नौवटा गर्भवतीका लागि एक र किशोरीका लागि एक गरी ११ वटा खोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति सदस्यसचिव तथा स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारले बताउनुभयो ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लालाई कर्णाली प्रदेशको तेस्रो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । उहाँले भन्नुभयो, “यसमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहको योगदानले रहेको छ ।”

जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नुपर्ने भए पनि कुनै कारणले छुटेका १६ देखि ५९ महिनाका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर खोज र खोप अभियानमार्फत सबै खोपको मात्रा पूरा गरेपछि पूर्णखोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका खोप फोकल पर्सन कटकबहादुर महतले बताउनुभयो ।

“तीन हजार ६३६ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको थियो”, उहाँले भन्नुभयो, “त्यो काम पूर्णता पाएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।”

दैलेख, सुर्खेतपछि कालीकोटले पूर्णखोप सुनिश्चितता जिल्लाको घोषणा भएको कर्णाली प्रदेश खोप समन्वय समितिका जनस्वास्थ्य अधिकृत ओमप्रसाद पौडेलले बताउनुभयो ।

“खोपबाट कोही पनि कहिल्यै पनि नछुट्ने वातावरण बनाउन सबै सरोकारवालाको भूमिका छ”, उहाँले भन्नुभयो, “माघ, फागुन र चैतमा घरधुरी सर्वेक्षण गरेर वैशाखलाई खोप महिनाका रूपमा खोप अभियान सञ्चालन गरिएको थियो । बालबालिकालाई जेठमा खोप दिएर वडा, पालिका, जिल्ला हुँदै प्रदेशलाई पूर्णखोपयुक्त घोषणाको तालिका रहेको छ ।”