९ भाद्र २०८३, मंगलवार
,
Latest
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले मुलुकभर अत्याबश्यक खोपहरुको अभाब भएको भन्दै सरकारको ध्यानकर्षण गराउनु भएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सासंद आचार्यले गर्मी र बर्खासंगै सर्पदशं र भुस्याहा कुकुरको टोकाईका घटनाहरु अत्याधिक बढ्ने गरेको तर पर्याप्त औषधी खोप र उपचारको अभाब हुदा प्रत्येक दिन नागरिकहरु अकालमा मृत्यु बरण गर्न बाध्यभएको जनाउनु भएको छ ।

उहाँले भन्नुभयो – कपिलबस्तु जिल्लाको ग्रामिण गर्मी र बर्खासंगै सर्पदशं र भुस्याहा कुकुरको टोकाईका घटनाहरु अत्याधिक बढ्ने गरेका छन् । पर्याप्त औषधी र उपचारको अभाब छ प्रत्येक दिन नागरिकहरु अकालमा मृत्युबरण गर्न बाध्य छन् । स्थानीय स्वास्थ चौकीहरुमा अत्याबश्यक औषधीहरुको अभाब हुनु र सामान्य उपचारका लागि पनि टाडा टाडा जानु पर्ने बाध्यताका कारण बिरामीहरुको ज्यान जोखिममा पर्ने गरेको छ । सबै स्वास्थ्य संस्थाहरुमा अत्याबश्यक खोप र औषधीको उचित प्रवन्ध गर्न र भुस्याहा कुकुर नियन्त्रणका लागि बिशेष कार्यक्रम संञ्चालन गर्न म सरकारको ध्यानकर्षण गराउछु ।