६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद मेटमणि चौधरीविरुद्ध साढे ५ करोडको बैंकिङ कसुरमा जाहेरी



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद एवं प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ ।

जाहेरी परेसँगै प्रहरीले उनीमाथि मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ । स्रोतका अनुसार चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको हो ।

उनी दाङ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रहरीले चौधरीविरूद्व बैंकिङ कसुर र ठगी मध्ये कुन मुद्दा चलाउने भन्ने बारे कानुनी परामर्श पनि थालेको छ ।

उजुरीका बारेमा थप छानबीन गरेर मुद्दा दर्ता प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ ।

उजुरी कसले हालेको भन्नेबारे प्रहरीले केहि खुलाएको छैन ।