१८ भाद्र २०८३, बिहीबार
,
Latest
रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार दोस्रो जितको खोजीमा नेपाल



अ+ अ-

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

स्कटल्याण्डको ग्लासगोमा आज हुने खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार साझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

आज नेपाल नेदरल्यान्डसलाई हराउँदै अघिल्लो खेलको बदलासहित प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । यस अघि सोमबार भएको पहिलो भेटमा नेपाल नेदरल्यान्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

त्यसैगरी मङ्गलबार भएको आफनो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको थियो । सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स दुई खेलमा जित हासिल गर्दै चार अङ्का साथ तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै यसअघिका दुईमध्ये एकमा जित र एकमा हार बेहोरेको नेपाल भने दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । स्कटल्याण्ड भने अङ्क तालिकाको दोस्रो स्थानमा छ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष स्थान हासिल गर्ने टोलीले उक्त प्रतियोगिताको उपाधि जित्नेछ ।