२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल स्काउट ऐनलाई समयानुकुल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरीः खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथ खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउट ऐनलाई समयानुकुल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समयमा नै नेपाल स्काउट ऐन ल्याउनको लागि मन्त्रालय प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले नयाँ ऐनले हाल देखिएका समस्याहरुको समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । विपद्जन्य जोखिमबाट बच्न पूर्णतयारी तथा विपद्का लागि स्काउट स्वयंसेवकहरुको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । नेपाल स्काउटको आन्तरिक श्रोतको व्यवस्थापन गरी स्काउट क्रियाकलापलाई विकास र विस्तार गर्न नेतृत्वलाई निर्देशन दिनुभयो । नेपाल स्काउटको श्रोत र सम्पतीलाई एकीकृत गरी नेपाल स्काउटको स्वामित्वमा ल्याइ त्यसको उचित व्यवस्थापन र परिचालनमा समेत ध्यान दिन पनि निर्देशन दिनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘नेपाल स्काउट ऐनलाई समयानुकुल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी छ । समयमा नै नेपाल स्काउट ऐन ल्याउनको लागि मन्त्रालय प्रभावकारी रुपमा काम गरिरहेको छ । नयाँ ऐनले हाल देखिएका समस्याहरुको समाधान गर्दछ । नयाँ ऐन जारी भएपश्चात तीन तहकै सरकारले थप जिम्मेवारी महशुस गरी कार्य सम्पादनमा सहायता हुनेछ । विपद्जन्य जोखिमबाट बच्न पूर्णतयारी तथा विपद्का लागि स्काउट स्वयंसेवकहरुको भुमिका महत्वपूर्ण हुन्छ । हामीले विपद् व्यवस्थापन तालिमलाई थप प्रदान गर्नसकेको खण्डमा आपत्कालीन अवस्थामा स्काउटले महत्वपूर्ण भुमिका खेल्नेछ । यस विषयमा सरकारको तर्फबाट थप लगानी र सहयोगका लागि भुमिका खेल्नेछु । नेपाल स्काउटको आन्तरिक श्रोतको व्यवस्थापन गरी स्काउट क्रियाकलापलाई विकास र विस्तार गर्न हालको नेतृत्वलाई निर्देशन दिन चाहन्छु । नेपाल स्काउटको श्रोत र सम्पतीलाई एकीकृत गरी नेपाल स्काउटको स्वामित्वमा ल्याइ त्यसको उचित व्यवस्थापन र परिचालनमा समेत ध्यान दिन निर्देशन गर्दछु ।’

मन्त्री चौधरीले स्काउटको व्यापक विस्तारको लागि सन् २०३२ सम्ममा  सात लाख संस्था पु¥याउनका लागि कार्ययोजनासहित अघि बढ्न नेपाल स्काउटको नेतृत्वलाई निर्देशन दिनुभयो । समाजका सबै तह र तप्कामा स्काउटको बलियो नेतृत्व र उपस्थिति आवश्यक रहेको बताउनु भयो । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई विशेष ध्यान दिएर स्काउटले काम गर्नुपर्ने बताउनु भयो । नेपाल स्काउटलाई सबै प्रदेश र स्थानीय तहसम्म पु¥याउन, समुदायस्तरमा सक्रिय बनाउन र समाजमा रहेका हरेक विकृति र विसंगतिको अन्त्य गर्नु आजको आवश्यकता भएको बतउनु भयो ।