१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताबीच अनौपचारिक बैठक

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताबीच अनौपचारिक बैठक
अ अ+ अ-

काठमाडौं। मुलुकको विधायन प्रक्रिया पेचिलो मोडमा पुगेका बेला सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच बुधबार साँझ बालुवाटारमा भएको दुई पक्षीय छलफल राजनीतिक समन्वयका हिसाबले विशेष महत्त्वको मानिएको छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बसेको अनौपचारिक बैठकमा संसदमा अवरुद्ध विधेयकहरू, बजेट कार्यान्वयनका चुनौती र सरकारको नीतिगत निर्णयमाथि गम्भीर कुराकानी भएको थियो।

बैठकमा दुई नेताका अतिरिक्त कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्का, परराष्ट्रमन्त्री आरजू राणा र अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए।

शिक्षा र निजामति सेवा सम्बन्धी विधेयकसँगै जलस्रोत तथा ऊर्जासम्बन्धी नीति र व्यवसायीहरूका गुनासो छलफलको मूल विषय बनेका थिए। खासगरी निजामति विधेयकमा उल्लेख ‘कुलिङ पिरियड’ को व्यवस्थाले व्यापक विवाद चुलिएको छ। उक्त व्यवस्थाले कर्मचारीको स्थानान्तरण, बढुवा र नियुक्तिका विषयमा जटिलता थप्ने भन्दै आलोचना हुँदै आएको छ।

सरकारले चालू अधिवेशनभित्रै यी विधेयक पारित गर्नुपर्ने दबाब खेपिरहेको छ। विगतमा शिक्षकहरूसँग भएको सहमतिअनुसार आगामी असार १५ भित्रै शिक्षा विधेयक पारित गर्नुपर्ने अवस्था छ।

बैठकले संसदमा देखिएको गतिरोध अन्त्य गर्न सत्ता गठबन्धनभित्र सहकार्य आवश्यक भएको संकेत पनि दिएको छ। रास्वपा र राप्रपाले अवरोध गरिरहेको संसदलाई सहमतिका माध्यमबाट चलायमान बनाउनुपर्ने विषयमा पनि नेताबीच छलफल भएको स्रोतको भनाइ छ।

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणको छानबिनका लागि एक महिनाभित्र समिति गठन गर्ने संसदमा दिएका प्रतिबद्धता कार्यान्वयनमा ल्याउने विषय पनि छलफलको एजेन्डा थियो।

बैठकले देखाएको एकता प्रयासलाई आगामी दिनमा संसद सञ्चालन, विधेयक पारित र नीति निर्माणको प्रक्रियामा प्रभावकारी समन्वयको सुरुआतको रूपमा लिइएको छ। विश्लेषकहरूका अनुसार सत्ता साझेदार दलहरूबीच नियमित संवादले असहज स्थिति हल गर्न र राजनीतिक स्थायित्व कायम गर्न मद्दत गर्नेछ।