४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दलका शीर्ष नेताको बैठक बस्दै



अ+ अ-

न्यूजपोलार ए.आई.

  • प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ ।
  • सिंहदरबारमा आज दिउँसो ३ बजे बस्नेगरी बैठक तय भएको छ ।
  • समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने बताइएको छ ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्नेगरी बैठक तय भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।

बैठकमा सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने बताइएको छ ।