१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

नेपाल–भारत सीमा रक्षामा खटिएका स्थानीय जनताको विकासमा ध्यान दिन नेकपा नेताको सुझाव

नेपाल–भारत सीमा रक्षामा खटिएका स्थानीय जनताको विकासमा ध्यान दिन नेकपा नेताको सुझाव
अ अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा नेपाल–भारत सीमा रक्षामा खटिएका स्थानीय जनताको वृत्तिविकासमा सरकारले विशेष जोड दिनुपर्ने आवाज उठेको छ । बैठकमा बोल्दै नेकपाका नेताहरुले सीमावर्ती क्षेत्रका जनतालाई लक्षित गर्दै विकासका योजनाहरु ल्याउनुपर्ने सुझाव सरकारलाई दिएका छन् । जारी स्थायी कमिटी बैठकमा बोल्दै शनिबार नेताहरुले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ताका लागि सरकारले विशेष पहल गर्नुपर्ने धारणासमेत राखेका छन् । नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले सीमा नाकाको रक्षा गर्ने नेपाली जनताको विकासका लागि सरकारले विशेष प्याकेजसहितको योजना ल्याउनुपर्ने बताए । विना बर्दीका ती सीमा रक्षकहरुको विकासमा सरकारले ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।

‘बिना बर्दीका रूपमा सीमाको रक्षा गर्ने नेपाली जनताको विकासका लागि सरकारले विशेष ध्यान दिन आवश्यक छ,’ मण्डलले भने, ‘ती नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु नभएको भए सीमाको रक्षा गर्न सकिँदैनथ्यो ।’ उनले मानव विकास सूचकांकमा कर्णालीभन्दा पनि तल रहेको सीमावर्ती क्षेत्रमा सरकारले ध्यान नदिए झनझन गरिबी बढ्ने बताए । गरिब, किसान, पिछडिएको समुदायको दैनिक जीवन कष्टकर रहेको बताउँदै मण्डलले शिक्षा, स्वास्थ्य, यातायातलगायतका क्षेत्रमा सरकारले लगानी गर्न आवश्यक रहेको बताए । स्थायी कमिटीका अर्का सदस्य गणेश साहले सीमा रक्षक नेपालीको दैनिक जीवन अरु क्षेत्रको भन्दा फरक रहेको बताए । सुगम भएर पनि तराई मधेस विकासको सवालमा पछाडि हुनु गम्भीर विषय रहेको उनको भनाइ थियो । ‘हिमाल, पहाडभन्दा तराई मधेस सुगम हो, तर विकासमा पछाडि छ । सीमा रक्षकहरुको रक्षा गर्ने काम सरकारको हो,’ साहले भने, ‘सीमाको रक्षा गर्ने विना बर्दीका नेपालीको समग्र विकासमा सरकार गम्भीर हुनुपर्छ ।’

नेपाल–भारतको खुला सीमा क्षेत्रमा केहीले तारवारको कुरा गर्ने गरेको भए पनि आवश्यकता नभएको उनले बताए । सीमाको रक्षा गर्ने नेपालीको शिक्षा, स्वास्थ्य, सुरक्षाको जिम्मेवारी सरकारको भएकाले गम्भीर हुन आवश्यक रहेकोमा उनले जोड दिए । बैठकमा भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ताका लागि सरकारले वार्तामार्फत फिर्ता गर्नुपर्ने धारणामा नेताहरु एकमत देखिएका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा बोल्ने नेताहरुले अतिक्रमित भूमि फिर्ता ल्याउने सवालमा सबै नेताको समान धारणा रहेको बताए । यस्तै, सीमाको रक्षा गर्ने सीमावर्ती क्षेत्रका जनताको विकासका लागि सरकारले विशेष योजनासहित कार्यक्रम ल्याउनुपर्ने सुझावसमेत आएको उनले बताए । शनिबारको बैठकमा २१ जना नेताले आफ्नो धारणा राखेको र यो क्रम अझै जारी नै रहेको उनले बताए ।

बैठक दुई दिनका लागि स्थगित भएको छ । अर्को बैठक मंगलबार बस्ने प्रवक्ता श्रेष्ठले बताए । आइतबार मदन जयन्ती र सोमबार दही चिउरा खाने कार्यक्रममा नेताहरु सहभागी हुनुपर्ने भएकाले दुई दिनका लागि बैठक स्थगित गरिएको हो । बैठकमा प्रधानमन्त्री एव नेकपा अध्यक्ष केपी शर्मा ओली केहीबेर बसेर निष्केको श्रेष्ठले बताए । स्वास्थ्य स्थिति त्यतिअनुकूल नभएकाले आराम गर्ने भन्दै जानकारी गराएर प्रधानमन्त्री निष्केको बताइएको छ । शुक्रबारको बैठकमा ओली अनुपस्थिति थिए । राजधानी दैनिक