१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

रिपोर्ट कुर्दा कुर्दै क्वारेन्टाइनमै बिते महिना दिन

रिपोर्ट कुर्दा कुर्दै क्वारेन्टाइनमै बिते महिना दिन
अ अ+ अ-

भारतबाट फर्किएका नागरिकको समयमै कोरोना रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिँदैं गएको छ । क्वारेन्टाइनमा बसेको महिना दिन पुगे पनि रिपोर्ट नआउँदा बैतडीका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका छन् । स्वाब संकलन भएकाहरुको समेत समयमा रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका हुन् ।क्वारेन्टाइनमा बसेको १ महिना पुग्न लाग्दा समेत रिपोर्ट नआउँदा समस्या भएको उनीहरुको गुनासो रहेको छ । पुर्चौंडी नगरपालिका–८ का लक्ष्मण विक जेठ ९ गतेदेखि पुर्चौंडी नगरपालिका–८ स्थित नेरा मावि क्वारेन्टाइनमा बसिरहेका छन् । लक्ष्मणको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वाब संकलन गरी पठाइए पनि महिना दिन बितिसक्दा समेत पीसीआर रिपोर्ट नआउँदा क्वारेन्टाइनमै बस्न बाध्य भएका हुन् । यस्तै भारतबाट फर्केर गत जेठ १७ गतेदेखि क्वारेन्टाइनमा बसेको भए पनि हालसम्म पनि रिपोर्ट नआएको सुर्नया गाउँपालिका–२ का राजेन्द्र विष्टको गुनासो रहेको छ । नेपाल राष्ट्रिय मावि सिउडेको क्वारेन्टाइनमा बसेका राजेन्द्रलगायत अन्य १० जनाको आरडीटी पोजेटिभ आएको भए पनि रिपोर्ट आएको छैन ।

असार २ गते स्वाब संकलन गरी पठाइएको भए पनि हालसम्म पनि रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिएको उनले बताए । यसका साथै क्वारेन्टाइमा बसेका नागरिकको आत्मबल तथा हौसला बढाउन हालसम्म पनि कुनै जनप्रतिनिधि नआएको उद्धव चन्दको गुनासो रहेको छ । उता सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले भने प्रदेशमा एउटा मात्रै परीक्षण गर्ने मेसिन भएकाले रिपोर्ट आउन ढिलाइ भएको बताए । क्वारेन्टाइनमा बसेकाहरुको आत्मबल र हौसला बढाउन आफूहरु क्वारेन्टाइनमा पुग्ने विष्टको भनाइ छ । जिल्लाको पुर्चौंडी नगरपालिका–८ स्थित नेरा मावि क्वारेन्टाइनमा बसिरहेका ४१ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आए पनि उनीहरुमध्ये २६ जनाको मात्रै स्वाब संकलन भएको छ भने अन्यको स्वाब संकलन गर्ने कार्य पनि बाँकी रहेको छ ।

स्वाब संकलन भएकाहरुको समेत समयमै रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरु आक्रोशित हुन थालेका मल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमराज भट्टले बताए । उनले भने– ‘क्वारेन्टाइनमा बसिरहेकाहरुको समयमा रिपोर्ट नआउँदा आफूहरुलाई स्थानीय स्तरमा काम गर्न असहज भएको छ ।’ आरडीटी रिपोर्ट पोजेटिभ आएकाहरुको स्वाब संकलन गरी पठाएको भए पनि समयमा रिपोर्ट नआउँदा उनीहरुलाई त्यतिकै घर पठाउनुपर्ने बाध्यता आइलागेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए। पुर्चौंडी नगरपालिका–८ की तारा विकले आफूहरुलाई क्वारेन्टाइनमा बसेको एक महिना पूरा हुँदा समेत रिपोर्ट नआउँदा साह्रै समस्या भएको दुखेसो गरे । एकै क्वारेन्टाइनमा बसेका ४१ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई घर पठाउन पनि समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लाका १० ओटै स्थानीय तहमा १ हजार ६ सय बढी नागरिक क्वारेन्टाइनमा छन् । उनीहरुमध्ये धेरैजसो आरडीटी रिपोर्ट पोजेटिभ आएका नागरिक हुन् । बैतडीका आरडीटी पोजेटिभ आएका ५ सय बढीको पीसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा धनगढीमा एउटा मात्रै पीसीआर गर्ने प्रयोगशाला रहेकोले परीक्षण गर्न ढिलाइ भइरहेको हो । गत चैत १५ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले धनगढीसहित, बैतडी र डोटीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन नहुँदा समस्या हुँदै आएको छ । नेपाल समाचारपत्र दैनिक