३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरी ए उपाधिमा लाजियोको सम्भावना कायम



अ+ अ-

मिलान । लाजियोले शनिबार इटालीको सिरी ए मा फियोरेन्टिनालाई २–१ ले हरायो । यससँगै टोलीले लिग उपाधि जित्ने झिनो सम्भावना कायमै राखेको छ ।

खेल सकिनु सात मिनेटअगाडि लुइस अल्बर्टोले लाजियोका लागि निर्णायक गर्दा क्लबले शीर्ष स्थानमा रहेको युभेन्ट्ससँगको दूरी चार अंकमा छोट्यायो ।

सन् २००० यता पहिलो लिग उपाधि जित्ने अभियानमा रहेको लाजियो गत साता एटलान्टाविरुद्धको खेल गुमाएपछि दबाबमा आएको थियो । यस क्रममा उसको २१ खेलको अपराजित यात्रा पनि टुंगिएको थियो ।