१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई ‘गार्ड अफ अनर’ दिईने



अ+ अ-

लन्डन । म्यानचेस्टर सिटी र लिभरपुलबीच अर्को साता हुने खेलका क्रममा आफ्नो टिमले नयाँ लिग विजेतालाई ‘गार्ड अफ अनर’ दिने निश्चित भएको पेप ग्वार्डिओलाले बताएका छन् । दुई दिनअगाडि मात्रै लिभरपुलले इंग्लिस प्रिमियर लिग जितेको थियो ।

लिभरपुलले ३० वर्षयता पहिलोपल्ट लिग जितेको हो । अंकतालिकाको शीर्ष स्थानमा रहेका दुई टिम बिहीबार एतिहाडमा खेल्दै छन् । ग्वार्डिओलाले लिभरपुल पारम्परिक ‘गार्ड अफ अनर’ का लागि हकदार भएको पनि बताए ।

उनले भने, ‘लिभरपुललाई अबको खेलमा गार्ड अफ अनर दिनेमा कुनै दुबिधा छैन । लिभरपुल यसका लागि पूरा हकदार छ । यसमा हामीलाई कुनै संकोच रहनेछैन ।’