२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पाको जलजला पर्यटन मार्ग अलपत्र



अ+ अ-

रोल्पा । निर्माण व्यवसायीको लापरवाहीका कारण रोल्पाको एउटा सडक अलपत्र  परेको छ । जिल्ला सदरमुकामदेखि पर्यटकीय क्षेत्र जलजला जोड्नका लागि निर्माण आरम्भ गरिएको उक्त सडक निर्माणको काम वर्षौैँ बित्दा पनि सकिएको छैन । 
 
जलजला पर्यटन मार्ग  निर्माण गर्ने  जिम्मा रौताह हरिहर निर्माण सेवाले लिएको थियो । रोल्पा नगरपालिका वडा नं ४ का केही भाग र वडा नं १० का अधिकांश भाग छोएर जाने उक्त सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको रोल्पा– १० का वडाध्यक्ष मानबहादुर  खत्रीले जानकारी दिनुभयो  । पच्चीस किलोमिटर लामो उक्त  सडकको हालसम्म पैँतालीस प्रतिशत काम मात्र भएको बताइएको छ ।

  उक्त सडक योजना रौताहा हरिहर निर्माण  सेवाले करीब रु २१ करोडमा सम्पन्न  गर्ने  गरी बोलकबोल गरेको थियो । सो निर्माण कम्पनीले दोस्रो निर्माण कम्पनीलाई  हस्तान्तरण गरेको  थियो । दोस्रो निर्माण कम्पनीले समेत तेस्रो निर्माण कम्पनीलाई उक्त सडक निर्माणको जिम्मा दिएको थियो । 

मूल निर्माण सेवासँग पेटीमा काम गर्ने गरी जिम्मा लिएका खटकबहादुर खत्रीले आफूहरुले काम गरेको रकम भुक्तानी नपाउँदा यस्तो समस्या सिर्जना भएको बताउनुभयो । समस्या  समाधानका लागि स्थानीय प्रशासनलगायत  विभिन्न निकायमा हारगुहार माग्दासमेत न्याय नपाएपछि निर्माणले गति लिन नसकेको खत्रीले स्वीकार्नुभयो ।   ‘निर्माण गरिएका संरचना पनि गुणस्तरीय छैनन्’, रोल्पा  –१० का मोतीलाल  डाँगीले  भन्नुभयो । मेसिनरी वालको जग  कमसल हुनाका साथै मापदण्ड विपरीत प्रयोग गरिएका निर्माण सामग्रीले ठाउँठाउँमा पहिरो गएको डाँगीको भनाइ छ । निर्माण कम्पनीको लापरवाही र सरकारी निकायको फितलो अनुगमनले यस्तो समस्या आएको डाँगीको आरोप छ । 

आर्थिक वर्ष २०७७÷०७८  असोजमा कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड –१९ का कारण भएको बन्दाबन्दीले चालु आवमा काम हुन नसकेको बताइएको छ । चालु आवका लागि प्रस्तावित  करीब रु चार करोड  रकम फ्रीज हुने देखिएको स्थानीयवासीको भनाइ छ । कोभिड –१९ को विश्वव्यापी महामारीले निर्माणमा समेत प्रभाव पारेको हुँदा केही समय आयोजनाको म्याद  थप गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको  रोल्पा–१० का वडाध्यक्ष खत्रीले भन्नुभयो । 

पर्यटकीय दृष्टिकोणले अब्बा  मानिएको उक्त सडक दाङ, धौलावाङ, लिवाङ हुँदै थवाङ जोड्ने जिल्लाको मध्यभागको सडकका रुपमा समेत विकास गर्न सकिने छ ।