४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश



अ+ अ-

काठमाडौं । अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त आदेश गरेको हो ।

तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका हुन् । गत जेठ ११ मा मिश्रविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको थियो ।

उनी पछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेर छुटेका थिए । छुटेयता प्रहरीमा उपस्थित नभएका मिश्र आजै बयानका लागि अदालत गएका हुन् ।

यसअघि उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा पनि ३ लाख धरौटीमा छुटिसकेका छन् ।