११ श्रावण २०८३, सोमबार
,
Latest
झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश नारायणी अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको शून्य सहनशीलता काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनमा रातो लगाउनेहरुलाई निलोले घोच्दैछः मनिष झा



अ+ अ-

काठमाडौँ । रास्वपा सांसद मनिष झाले पूराना दलहरुको गठबन्धनमा सरकार बनेको भएपनि देशको भविष्य अब नयाँ पुस्ताको हातमा रहेको बताएका छन् ।

सांसद झाले सदनमा रातो लगाउनेहरूलाई निलो रंगले घोच्दै गरेको टिप्पणी पनि गरेका छन् ।

रास्वपा सांसद्हरुले आज संसदमा निलो स्कार्फ लगाएर गएका थिए । त्यसमा नियमापत्ति जनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा सांसदहरुलाई निष्कासन गर्न माग समेत गरे ।

त्यसलाई नै लक्षित गर्दै सांसद झाले सामाजिक सञ्जालमा तस्बिरहरु राख्दै लेखेका छन् – ‘२०३६ सालमा निलो रंग लिएर पहेलोविरूद्ध निर्वाचनमा २० लाख मत प्राप्त गरेको नेपाली कांग्रेसलाई आज किन रातो प्यारो भयो ?’

‘आफूले सदनमा रातो लगाउनेहरूलाई आज निलो रंगले घोच्दैछ । यो गठबन्धन र सत्ता पुरानो दलको होला तर यो देशको भविष्य अब नया पुस्ताको हो । सुशासनको लागि हाम्रो आन्दोलन जारी छ ।’ उनले अगाडि लेखेका छन् ।