२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

चट्याङ : बढी क्षति, तर कम तयारी

चट्याङ : बढी क्षति, तर कम तयारी
प्रतीकात्मक तस्बिर
अ अ+ अ-

नारायण ढुङ्गाना, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा गएको बुधबार एकैदिनमा चट्याङले सात जनाको ज्यान लियो । सप्तरीमा चार, मोरङ, उदयपुर र कपिलवस्तुमा एक/एक गरी एकै दिन यति धेरै मानिसले चट्याङ लागेर ज्यान गुमाए ।

प्राप्त तथ्याङकमा नेपालमा गएको वैशाखदेखि असारको दोस्रो हप्तासम्म चट्याङबाट मात्र ४० जना नेपाली नागरिकको मृत्यु भइसकेको छ । उक्त अवधिमा १३२ घाइते भएका छन् र घाइतेमध्ये अधिकांश गम्भीर प्रकृतिका घाइते छन् । यसै अवधिमा बाढी र पहिरोबाट १७ जनाले ज्यान गुाएका थिए । यस सयममा भएको अविरल वर्षाका कारण आएको बाढी पहिरोले १६ जना घाइते भएका छन् । 

बाढी पहिरो, आगलागीजस्ता अरु प्राकृतिक विपत्तिको जस्तो चट्याङले मानिसको ज्यान लिएको समाचार खासै बाहिर आउँदैन । तर पनि मानवीय क्षतिका हिसाबले भने पहिलो नम्बरमै चट्याङ देखिन्छ । त्यस्तै बाढी, पहिरो, आगलागीजस्ता अन्य प्राकृतिक विपत्तिका क्षति रोक्नेजस्ता कार्यहरुजस्तो प्राथमिकतामा पनि चट्याङ पर्दैन । त्यसरी रोक्नसक्ने खासै भरपर्दो विधि पनि नेपालमा त्यति सिफारिश गर्ने र सरकारले लागू गर्ने गरेको पनि पाइँदैन । यसरी मुलुकको प्राथमिकतामा नपर्दा चट्याङबाट पनि धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ । 

गतवर्ष पनि रुपन्देही, कपिलवस्तु, झापा र मोरङमा एकैदिन चट्याङका कारण १० जनाले ज्यान गुमाएका थिए । दुई दिनको अन्तरालमा झण्डै ५०० भेडाबाख्रा पनि चट्याङले मारेको थियो । विसं २०७६ मा चट्याङका कारण मात्र देशभरमा ८९ जनाको मृत्यु भएको तथ्याङ्क छ । त्यस्तै गतवर्ष चट्याङबाट ३६० जना घाइते भएका थिए । पछिल्ला वर्षहरुमा चट्याङको प्रकोप बढेको छ र यसबाट नागरिकको ज्यान जाने र घाइते हुनेको सङ्ख्या पनि बढ्दो देखिएको छ ।

पछिल्लो १० वर्षको अभिलेखमा मानवीय क्षतिका हिसाबले बाढी पहिरो भन्दा बढी चट्याङ्ले असर गरिरहेको तथ्याङ्क छ । घाइतेको अवस्था विश्लेषण गर्दा चट्याङबाट तेब्बर बढी मानिस प्रभावित भएका छन् । 
 
प्राकृतिक प्रकोप भए पनि विकसित मुलुकको अभ्यास हेर्दा चट्याङको प्रकोपबाट हुने मानवीय र भौतिक क्षति केही हदसम्म रोक्ने गरिएको पनि देखिन्छ । तर मुलुकमा त्यसरी चट्याङको अवस्थाको अनुमान र क्षति रोक्ने कार्य प्राथमिकतामा नपर्दा जोखिम बढिरहेको चट्याङ्विद् डा श्रीराम शर्मा बताउनुहुन्छ । विगत १३ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आउनुभएका डा शर्मा नेपालले चट्याङबाट हुने विपद रोक्न प्रभावकारी उपाय अवलम्बन गर्न नसकेको बताउनुहुन्छ ।  

उहाँका अनुसार विसं २०६६ देखि २०७६ सम्मको अभिलेखमा चट्याङबाट ९२९ जनाको मृत्यु भएको छ । सोही अवधिमा पहिरोका कारण ९०१ जनाले ज्यान गुमाए । बाढीबाट ७५५ जनाको मृत्यु भएको छ । आगलागीबाट ६१३ को मृत्यु भएको थियो । 

सोही समयावधिमा चट्याङबाट दुई हजार ४५४ जना घाइते हुँदा बाढी र पहिरोका कारण ९०० को हाराहारीमा घाइते भएका छन् । विवरणमा मानवीय क्षति हेर्दा बाढी पहिरोभन्दा पनि चट्याङको बढी देखिन्छ । औषतमा वार्षिक १०८ ले चट्याङ्बाट ज्यान गुमाउँछन् । तर चट्याङबाट बच्ने उपाय अवलम्बन गर्न मानिसमा आवश्यक चेतना पुग्न नसकेको र सरोकारवाला निकायको समेत ध्यान पुग्न सकेको छैन ।

विश्वकै शक्तिशाली मानिएको मुलुक अमेरिकाको अभिलेखमा ८०/९० वर्ष अघि चट्याङले वार्षिक ३८० जनाको ज्यन जान्थ्यो । अहिले ३० भन्दा बढी मृत्यु हुँदैन । “त्यो उदाहरण हेरेर पनि हामी भन्न सक्छौँ, गर्न सके क्षति रोक्न सकिने रहेछ”, डा शर्माले प्रश्न गर्नुभयो, अन्य युरोपियन मुलकुमा पनि फलानो क्षेत्रमा चट्याङको सम्भावना छ भनेर अनुमान गर्ने अवस्था छ, अनुमान ९० प्रतिशत मिल्छ, हाम्रोमा प्रयोग गर्न किन नसक्ने रु

हुनत अहिले केही प्रयास शुरु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छुट्टै विपद् व्यवस्थापनको काम सम्हालेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल सबैभन्दा ठूलो कुरा चेतनामुलक कार्यक्रम भएकाले चट्याङ्बाट सावधानी अपनाउने विषयलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुहुन्छ । 

क्षतिका हिसाबले चट्याङ पहिलो नम्बरमा रहेकाले यसपटकदेखि भवन संहितामा समेत चट्याङ्लाई सम्बोधन गरिएको र बढी चट्याङ पर्ने क्षेत्रलाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पोखरेलले बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका विभिन्न नौ स्थानमा  चट्याङ मापक केन्द्र स्थापना गरेको छ । चट्याङ्विद् डा शर्मा त्यो सुषुप्त अवस्थामा रहेको छ भन्नुहुन्छ । त्यसलाई सदुपयोग गर्न सकिए पनि धेरै जानकारीहरु बाहिर आउने उहाँ बताउनुहुन्छ ।

विभागले जल तथा बाढीको तीन दिनसम्मको मापन गरेर विवरण दैनिक सार्वजनिक गर्दै आएको छ तर चट्याङलाई प्राथमिकता दिएको पाइँदैन । मौसमविद् गङ्गा नगरकोटी यहाँ यसरी चट्याङ पर्दैछ भनेर अघिल्लो दिन नै अनुमान गर्ने अवस्था नरहेको तर त्यस केन्द्रले  एक घण्टा पछि कुन क्षेत्रमा पर्दैछ र कहाँकहाँ चट्याङ पर्यो भन्ने मापन गर्ने बताउनुभयो । उहाँका अनुसार ‘प्रि–मनसुन’ पछि अहिलेसम्म मुलुकको प्रदेश नं १, २ र ५ को तराई क्षेत्रमा चट्याङ परेको छ ।

“चट्याङले मानवीय क्षति मात्रै गरेको छैन, भौतिक सम्पत्तिमा समेत क्षति पुर्याएको छ तर पनि त्यसको लेखाजोखा भने छैन । बाढीले देखिनेगरी भौतिक सम्पत्तिमा क्षति गर्छ तर चट्याङ् गुपचुपमा क्षति पुर्याएर जान्छ, अनि कसैलाई चासो हुन्न”, चट्याङ्विद् डा शर्माले भन्नुभयो ।

खेतमा काम गर्दागर्दै या सुतिरहेको बेला चट्याङ लागेर मानिसले ज्यान गुमाएका छन् । जङ्गल जाँदा होस् या गोठालो अथवा घर आँगनमै बस्दा होस् चट्याङले मानवीय क्षति पु¥याइरहेको छ । चट्याङकै कारण आगलागी हुँदा नजानिँदो रुपमा ठूलो जनधनको क्षति भइरहेको छ । तथ्याङ्कले बाढी र पहिरोको हाराहारीमै आगलागी र चट्याङले क्षति पु¥याइरहेको देखाएको छ । तर क्षति न्यूनीकरणका उपाय भने शून्य नै छ । 

नेपालको भूगोलअनुसार हिमाली र पहाडीक्षेत्रमा पहिरोको जोखिम तथा सहरी क्षेत्र डुबानको जोखिममा छ । तराई क्षेत्र डुबान, कटान र बाढीको जोखिममा पर्छ । विपद्का दृष्टिले बाढी र पहिरो जत्तिकै जोखिम भए पनि आगलागी र चट्याङका विषयमा ध्यान कम पुग्छ । चट्याङ आगलागीको समेत प्रमुख कारण हो । कतै चट्याङ परेको हुन्छ र त्यसको भोल्टेज बढेर तार कमजोर भएको घरमा विद्युत सर्ट भई आगलागी हुन्छ भन्ने कुराको जानकारी धेरैलाई छैन । 

हालैमात्र नेपालसँग सीमा जोडिएको मुलुक भारतको विहार उत्तर प्रदेशमा एकैरातमा परेको चट्याङ्का कारण १०० जनाभन्दा बढीको ज्यान गएको छ । विहारमा मात्र ८३ जनाले ज्यान गुमाएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका थिए । नेपालमा पनि झापा, मकवानपुरमा बढी चट्याङ् पर्ने गर्दछ । नेपालमा चट्याङ्का कारण गतवर्ष ९२ जनाको मृत्यु भएको र ३०० जना घाइते भएको अभिलेख छ । 

के हो चट्याङ, कसरी जोगिने ?

चट्याङ विद्युतीय करेन्ट हो । बादल आपसमा ठोक्किएर त्यसका अणुहरुबीच घर्षण हुँदा विद्युत् उत्पन्न हुने अवस्था नै चट्याङ हो । आकासबाट जमीनमा खस्ने एक प्रकारको विद्युतीय शक्ति चट्याङ् हो । वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर बनी अचानक हुने विद्युतीय विस्फोटन चै चट्याङ् हो ।

चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठुलो विद्युतीय तापशक्ति पृथ्वीमा आउने हुँदा जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्ने क्षमता हुन्छ । रुख, टावर, अग्ला ठाउँहरुमा चट्याङ बढी पर्छ र यसलाई सजिलो बाटो दिनुपर्छ । सामान्यरुपमा कम्तीमा आठ एमएम रड कुनै भवनको छतको माथि ठड्याई त्यसलाई जमिनसम्म जोडेर राख्ने हो भने पनि घरलाई जोगाउन सकिने डा शर्मा बताउनुहुन्छ । 

प्राकृतिक प्रकोप भएकाले चट्याङ रोक्न सकिँदैन तर त्यसबाट बच्ने उपाए भने खोज्न सकिन्छ । घर बाहिर भएमा वर्षातको बेलामा होचो स्थानमा बस्ने, पानी, खोला, रुख, पोखरीमा नबस्ने, विद्युत् लाइन, कम्प्युटर बन्द गर्ने गर्नुपर्छ । चट्याङ पर्दा खुला ठाउँमा टाउको र खुट्टा जोडेर बस्नु उत्तम हुन्छ । पानीमा काम गर्न र पौडी खेल्न पनि हुँदैन । 

सकेसम्म घरभित्रै झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्नुपर्छ । पानी परेको वा गर्जिएको बेला घर बाहिर ननिस्किनु उत्तम हुन्छ । ठूला रुख, विजुलीका तार, पोल तथा ट्रान्समिटरको तल बस्नु हुदैन । विजुलीको राम्रोसँग अर्थिङ गर्नुपर्छ ।