२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा

तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा
अ अ+ अ-

राजविराज । तीनचार दिनदेखि पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा पर्ने खतरा रहेको छ । यस वर्ष पनि वर्षा शुरु भइसकेकाले दक्षिणी भेगका तिलाठी, कोइलाडी, लोनियाँ, सकरपुरा, रम्पुरा र मल्हनियासहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा रहेको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले  जानकारी  दिनुभयो  ।

सप्तरीमा चुरे क्षेत्र हुँदै बग्ने खाँडो, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायत दर्जनौँ खोलामा आउने बाढीकै कारण हरेक वर्ष  अधिकांश गाउँ डुबानमा परेर ठूलो धनजनको क्षति हुने गरेको छ । ती खोलामा बाढीको प्रवाह रोक्ने गरी दुवै किनारमा मजबुत तटबन्ध आवश्यक भए पनि कोरोना भाइरसका कारण  तीन महिनादेखि काम नभएका कारण बाढी आउने खतरा रहेको स्थानीयवासी बताउँछन् । 

सो नदीमा बाढी आउनुभन्दा पहिला नदीको मर्मत र उचित ढङ्गले बाँध निर्माण सम्पन्न नभएकाले पनि जिल्लामा बाढीका समयमा उच्च सतर्कता अपनाउनुपर्ने बाध्यता रहेको बुद्धिजीवीको भनाइ छ ।  खाँडो खोलाको बाढीका कारण बर्सेनी डुबानको समस्या झेल्दै आएका तिलाठी कोइलाडी गाउँपालिका अहिले  उच्च जोखिममा परेको जनाइएको छ । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहका अनुसार विगत दुईतीन महिनादेखि कोरोना भाइरसका कारण जिल्ला त्रसित रहेको बेला लगातार परेको मुसलधारी वर्षाले पनि तिलाठी कोइलाडी गाउँपालिकाको आधा दर्जन गाउँमा बाढी पस्न सकिने  खतरा रहेको जनाउनुभयो । 

लकडाउनका कारण खाँडो नदीमा निर्माण हुने तटबन्ध समयमा निर्माण हुन नसकेको कारणले पनि तिलाडी कोइलाडी गाउँपालिका यस वर्ष पूर्णरुपमा डुबान हुने उहाँले बताउनुभयो । खाँडो नदीले प्रत्येक वर्ष तिलाठी कोइलाडी गाउँपालिका–१ देखि ८ सम्म डुबान हुने गरेको बताउँदै बाढी आउनुभन्दा अघि नै यहाँको जनता सतर्कता अपनाउन  पर्ने उहाँले आग्रह छ । खाँडो नदीको बाँधको काम केही ठाउँमा अधुरो रहेकाले बाढी सोझिएर तिलाठी कोइलाडी थप डुबानमा पर्न सक्ने गाउँपालिका अध्यक्ष सिंहको भनाइ छ । खाँडो नदीमा आउने बाढी तिलाठी हुँदै भारत प्रवेश गर्छ । गत २०७३ को बाढीमा तिलाठी कोइलाडी–४ मा एक बालकको ज्यान गएको थियो भने हजारौँ घर बाढीले क्षति गरेको थियो ।

यस्तै सप्तरीका सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कङ्कालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाइर, कृष्णासवरण, महेदवा, तिरहुत र रुपनी गाउँपालिकाका दर्जनौँ गाउँबस्ती प्रत्येक वर्ष डुबानमा  पर्ने गरेका छन्  ।