१ आश्विन २०८३, बिहीबार
,
Latest
खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै रास्वपाले गर्‍यो शहीद परिवारको प्रदर्शनको विरोध, सांसदलाई धम्की दिने कार्य स्वीकार्य नभएको दाबी सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे देउवा–खड्का पक्षीय नेता (फाेटाे फिचर) रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजार भोलिदेखि खुल्ने



अ+ अ-

काठमाडौं । सेयर बजार भोलिदेखि खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डको आज बसेको बैठकले सोमबारदेखि बजार खुल्ने निर्णय गरेको हो।

गत चैत १० गतेदेखि बन्द रहेको बजार वैशाख ३० र ३१ मा दुई दिन खुलेपनि लकडाउनको कारण देखाउँदै पुनः धितोपत्र बोर्डको दबाबमा बजार बन्द भएको थियो।

पूर्ण रुपमा अनलाइन प्रणालीमा गएको दाबी गरिए पनि लकडाउनमा बजार नखुलेपछि लगानीकर्ताहरु आक्रोशित भएका थिए ।

अर्थमन्त्रालयमा बारम्बार लगानीकर्ताको गुनासो लिंदै बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना पुगेपछि अर्थमन्त्रीले डा. युवराज खतिवडा बजार बन्द गरेर लगानीकर्तालाई बन्धक बनाएको भन्दै झपारेपछि बोर्डको आज बसेको बैठकले सोमबारदेखि बजार खुल्नका लागि नेप्सेलाई पत्र लेख्ने निर्णय गरेको छ।

आजै नेप्सेमा बजार खोल्नका लागि पत्र पठाएपछि कसरी र कुन मोडलमा खोल्ने भन्ने बारेमा भने नेप्सेले नै निर्णय गर्नेछ।




भर्खरै