२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजार भोलिदेखि खुल्ने



अ+ अ-

काठमाडौं । सेयर बजार भोलिदेखि खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डको आज बसेको बैठकले सोमबारदेखि बजार खुल्ने निर्णय गरेको हो।

गत चैत १० गतेदेखि बन्द रहेको बजार वैशाख ३० र ३१ मा दुई दिन खुलेपनि लकडाउनको कारण देखाउँदै पुनः धितोपत्र बोर्डको दबाबमा बजार बन्द भएको थियो।

पूर्ण रुपमा अनलाइन प्रणालीमा गएको दाबी गरिए पनि लकडाउनमा बजार नखुलेपछि लगानीकर्ताहरु आक्रोशित भएका थिए ।

अर्थमन्त्रालयमा बारम्बार लगानीकर्ताको गुनासो लिंदै बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना पुगेपछि अर्थमन्त्रीले डा. युवराज खतिवडा बजार बन्द गरेर लगानीकर्तालाई बन्धक बनाएको भन्दै झपारेपछि बोर्डको आज बसेको बैठकले सोमबारदेखि बजार खुल्नका लागि नेप्सेलाई पत्र लेख्ने निर्णय गरेको छ।

आजै नेप्सेमा बजार खोल्नका लागि पत्र पठाएपछि कसरी र कुन मोडलमा खोल्ने भन्ने बारेमा भने नेप्सेले नै निर्णय गर्नेछ।