२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

किसानले आलुको मूल्य नै पाएनन्

किसानले आलुको मूल्य नै पाएनन्
अ अ+ अ-

सर्लाही । जिल्लाका किसानले आलुको उचित मूल्य नपाएको गुनासो गरेका छन् । खुल्ला सिमाना हुँदै भारतीय आलु  बजारमा भित्रिएपछि आफूहरुले आलुको उचित मूल्य नपाएको हजरियाका किसान मुकेश महतोले बताउनुभयो । “भारतीय आलुका कारण यो वर्ष पनि लागत मूल्य उठाउन मुस्किल परेको छ”, उहाँले भन्नुभयो । अहिले रातो आलु  रु २८ र सेतो प्रतिकेजी रु २४ मा बिक्री भइरहेको छ । तीन वर्षदेखि लगातार घटेको आलुको मूल्य यस वर्ष पनि बढ्न नसकेपछि यसको विकल्प खोज्न थालेका छन् ।

स्थानीयवासी शिवजी महतो भन्नुभयो, “पहिले आलु खेतीबाट राम्रै  फाइदा हुन्थ्यो, अब त लगानी उठाउन मुस्किल पर्न थालेको छ, गत वर्ष पनि आलु खेतीबाट ६० हजार नोक्सान भयो, अब ऋण तिर्न नसकिने भयो ।” पाँच वर्षपहिले  प्रतिकेजी रु ३७ मा बिक्री भएको आलु अहिले रु २५ देखि रु ३० मा बेच्नु परेको किसान रोहन महतोले गुनासो गर्नुभयो ।  सबैभन्दा बढी आलु उत्पादन जिल्लाको हजरिया, राजघाट, शङ्करपुर, सुन्दरपुर र बरहथवा  क्षेत्रमा हुने गरेको छ । बजार मूल्य राम्रो नभपछि जिल्लाका किसानहरुले खेतबारीमा नै आलु थुप्रो लगाएर राखेको कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले बताउनुभयो ।

लामो समयसम्म आलु जमीनमा राख्न नमिल्ने भए पनि जिल्लामा शीतभण्डारणको व्यवस्था नहुँदा किसानहरु थप मारमा परेका हुन् । जिल्लामा शीतभण्डारका लागि पटकपटक कुरा उठे पनि अहिलेसम्म कुनै काम नभएको स्थानीयवासीले बताएका छन् । राम्रो माटो भएको जग्गामा प्रतिकट्ठा १० क्विन्टलसम्म आलु उत्पादन हुने गरेको किसानहरुले बताएका छन् । लकडाउनको समयमा पनि नेपाली बजारमा भारतीय आलु आउँदा आफूहरु अचम्मित भएको जिल्लाका किसानहरुले बताएका छन् । अहिले जिल्लाका अधिकांश बजारहरुमा आयातित आलु, प्याज तथा कागतीको समेत बिगबिगी रहेको छ । 

खुल्ला सिमाना रहेको जिल्लाका बजारहरुमा भारतीय बजारका तरकारीहरु तथा फलफूलहरु परीक्षणबिना नै  भित्रने गरेका छन् । आवतजावतसमेत रोक लगाइएको भए पनि भारतीय तरकारी तथा फलफूलहरु परीक्षणबिना नै बजारमा आउने गरेका छन् । कागती, आलु, प्याज, खुर्सानीलगायत तरकारीहरु र स्याउलगायत अन्य फलफूलहरु यतिबेला बिनापरीक्षण बिनारोकटोक नेपाली बजारमा आउने गरेको पाइएको छ ।