४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना, एक छात्राको मृत्यु



अ+ अ-

काठमाडौँ । कलंकीस्थित एक स्कुलको कमाउण्डभित्र इभी माइक्रो दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ । ईडिफाई इन्टरनेशनल स्कुलमा भ्यान बाहिर निस्कने क्रममा गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा शिक्षक, विद्यार्थी र चालकसहित ७ जना घाइते भएका छन् । स्कुलकै भ्यान बाहिर निस्कने क्रममा गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते सर्लाही घर भई हाल कुलेश्वर बस्ने ९ वर्षीया छात्रा सोनाक्षी यादवको सहिद मेमोरीयल अस्पतालमा उपचारको क्रममा साढे १ बजेतिर मृत्यु भएको हो ।

घाइते हुनेहरुमा ८ वर्षीया रेश्मा मोक्तान, ९ वर्षीया नेशिया थापा, ९ वर्षीया निकिशा डंगोल, ११ वर्षीया सिमरन खड्का, ९ वर्षीया प्रेमिसा घर्तिमगर, प्रअ ४६ वर्षीय को सुरज पोखरेल र चालक ६० वर्षीय हर्कबहादुर कार्की रहेका छन् । उनीहरूको बयोधा र नेपाल नेशनल अस्पतालमा उपचार जारी छ ।