२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

‘मेघाफोन कूटनीति’ अन्त्य गर्न चीनको क्यानडालाई आग्रह

‘मेघाफोन कूटनीति’ अन्त्य गर्न चीनको क्यानडालाई आग्रह
अ अ+ अ-

काठमाडौं । जासुसी गरेको आरोपमा दुई क्यानडेली नागरिकलाई पक्राउ गरिएको विषयमा क्यानाडाद्वारा व्यक्त गरिएको भनाइ ‘गैर–जिम्मेवारपूर्ण’ रहेको दावी गर्दै क्यानाडालाई ‘मोघाफोन कूटनीति’ अन्त्य गर्न चीनले आग्रह गरेको छ ।

“दुई क्यानडेलीहरू, चीनका लागि पूर्व कूटनीतिज्ञ मिखायल कोभरिग र उत्तर कोरियाली परामर्शदाता मिखायल स्पाभोर, बारेका तथ्यहरू उहाँहरूमाथिको आरोप पुष्टि गर्न ‘ठोस तथा पर्याप्त’ आधार रहेको छ,” ओटावास्थित चिनियाँ राजदूतावासको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

अमेरिकी न्यायाधिकारीहरूको अनुरोधमा चिनियाँ प्रसिद्ध दूरसञ्चार कम्पनी हुवावेका वित्तीय निर्देशक मेङ वाङझोउलाई क्यानाडामा पक्राउ गरेको केही दिनपछि बेइजिङले क्यानडेली यि कूटनीतिज्ञलाई चीनको गोपनियता भङ्ग गर्दै चीनविरूद्ध जासुसी गरेको आरोपमा सन् २०१८ को डिसेम्वरमा पक्राउ गरेको थियो ।

चीनले क्यानडेली कूटनीतिज्ञहरूलाई गरेको पक्राउलाई पश्चिमी मुलुकहरूले हुवावेका अधिकारी मेङको पक्राउको बदला भनेका छन् । चीनले उक्त आरोपको खण्डन गर्दै आएको छ ।

क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्ना दुई नागरिकको पक्राउलाई चीनको मनोमानीपूर्ण कदम भनी पटक पटक चीनको आलोचना गर्नुभएको छ ।

 “क्यानडेली नागरिकलाई कथित मनोमानीपूर्ण पक्राउ गरिएको भन्ने आरोप पूर्णतया आधारहीन रहेको छ,” चीनको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “चिनियाँ न्यायिक अङ्गले क्यानडेली कूटनीतिज्ञहरूको मुद्दालाई आफ्नो कानून बमोजिम कडाईका साथ अघि बढाउने छ साथै ती दुई क्यानडेलीको कानूनी अधिकारको पनि संरक्षण गर्नेछ ।”

अर्कोतर्फ मेङको पक्राउ आफैमा ‘मनोमानीपूर्ण’ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मेङको पक्राउलाई चीनले चिनियाँ उच्च प्राविधिक संस्था हुवावेलाई अघि बढ्नबाट रोक्न अमेरिकाले लिएको दवावपूर्ण घटना रहेको र क्यानाडा यसको सहयोगी बनेको चीनको दावी रहेको छ ।

चीनले भनेको छ, “मिखायल कोभरिग र मिखायल स्पाभोरको मुद्दालाई लिएर गैर–जिम्मेवार अभिव्यक्ति दिन रोक्न तथा ‘मोघाफोन कूटनीति’को माध्यमद्वारा चीनमाथि दवाव सिर्जना नगर्न आग्रह गरिन्छ ।”

साथै क्यानाडाले मेङ वानझोउको पक्राउ गरी क्यानडाले गल्तीगरेको महशुस गर्नुपर्ने, राजनीतिक चालबाजी रोक्नुपर्ने र मेङलाई तत्काल रिहाई गरी सुरक्षित स्वदेश फिर्ता हुने वातावरणको प्रत्याभूत गर्नुपर्ने माग चीनले दोहोराएको छ । 

कोभिरिगकी पत्नीसहित २० क्यानडेली अधिकारीले हालै भेटगरी प्रधानमन्त्री ट्रुडोलाई हुवावेकी व्यवस्थापक मेङलाई सुपर्दगी गर्ने कामलाई हस्तक्षेप गरी रोक्न र चीनमा पक्राउ परेका क्यानडेली दुई कूटनीतिज्ञको रिहाईका लागि पहल गर्न आग्रह गरेका थिए ।

तर क्यानडेली प्रधानमन्त्री ट्रुडोले आफ्नो मुलुकको न्याय प्रणाली स्वतन्त्र रहेको भन्दै विहीबारको भेटमा यस आग्रहलाई अस्वीकार गर्नुभएको थियो । उहाँले यस्ता निर्णयले चीन र अन्य मुलुकमा रहेका क्यानडेली नागरिकलाई खतरामा पार्ने धारणा राख्नुभएको बताइएको छ ।

भ्यानकुभरमा भएको सुनुवाईमा वासिङ्टनले मेङलाई इरानविरूद्ध अमेरिकी प्रतिबन्धहरू रोक्ने कार्य गरेको आरोप लगाइएको समाचारहरू आएका छन् ।