२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी उत्पादन किन्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह



अ+ अ-

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशी उत्पादनलाई प्रोत्साहन नागरिकहरुलाई आग्रह गर्नुभएको छ । 

यसअघि पनि पटक पटक स्वदेशी उत्पादन प्रयोग गर्न अपिल गर्दै आउनु भएका प्रधानमन्त्री मोदीले आइतबार फेरी दोहो¥याएर स्वदेशी उत्पादन प्रयोगका लागि आग्रह गर्नुभएको हो ।  

स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी देशभरी “भोकल फर लोकल” अर्थात् स्थानीयलाई नै महत्व दिऔँ भन्ने अभियान चलाइएको पनि उहाँले बताउनुभयो । 

स्थानीय तथा स्वदेशी उत्पादनलाई प्रयोग गर्ने प्रवृत्ति बढाउनासाथ राष्ट्रलाई बलियो बनाउन सजिलो हुने प्रधानमन्त्री मोदीको भनाइ छ । 

मासिक नियमित कार्यक्रम ‘मन की बात’को ६६ श्रृङ्खलामा बोल्ने क्रममा उहाँले भन्नुभयो, “यदि तपाईले स्थानीय उत्पादनलाई जोड दिनुभयो भने देश बलियो हुनेछ ।”

भारतीय नागरिकहरु स्थानीयको आवाज बन्नु पर्नेमा प्रधानमन्त्री मोदीले जोड दिनुभयो । “स्वदेशी तथा स्थानीय उत्पादन किन्ने र प्रयोग गर्नेहरुले देश बलियो बनाउन योगदान गरिरहेका हुन्छन्,” उहाँको भनाइ थियो ।  

स्वदेशी उत्पादनलाई प्रयोग र प्रोत्साहन गर्नु आफैमा राष्ट्र सेवा भएको प्रधानमन्त्री मोदीको व्याख्या छ । उहाँले जुनसुकै पेशा, व्यवसाय र भूमिकामा भएपनि देशलाई सेवा गर्न र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सकिने बताउनुभयो । 

उहाँले भारतलाई हरेक उत्पादनमा आत्मनिर्भर स्वाबलम्वी बनाउने उद्देश्य सरकारले लिएको जानकारी पनि दिनुभयो । 

उहाँले त्यसका लागि आत्मनिर्भर भारत अभियान चलाइएको जानकारी दिँदै त्यसका लागि सवै जनताले साथ दिनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री मोदीले रक्षा र प्रविधिको क्षेत्रमा भारतले चाँडै नै ठूलो फड्को मार्ने विश्वास पनि व्यक्त गर्नुभयो ।