३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपकम्स सर्भिसेसले ‘स्टडी अब्रोड इन्फो वीक’ र पब्जी प्रतियोगिता आयोजना गर्दै



अ+ अ-

काठमाडौँ । नेपालको अग्रणी शैक्षिक परामर्शदाता नेपकम्स एजुकेशन एण्ड भिजा सर्भिसेसले ‘स्टडी अब्रोड इन्फो वीक’ र पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी असार १३ देखि १६ गते (जुन २७–३०, २०२५) सम्म काठमाडौंको बागबजारस्थित एनआईएमबी बैंक बिल्डिङ मा प्रतियोगिता आयोजना हुने भएको हो ।

शैक्षिक परामर्श तथा अन्तर्राष्ट्रिय अध्ययनको अवसरको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो सप्ताहव्यापी कार्यक्रममा विद्यार्थीहरूले विश्वप्रसिद्ध देशहरू — अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जर्मनी, र आयरल्याण्ड — का विश्वविद्यालय र कलेज प्रतिनिधिहरूबाट प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष भेट, व्यक्तिगतरूपमा शैक्षिक तथा भिसा परामर्श, शतप्रतिशत सम्म छात्रवृत्तिको अवसर, वित्तीय सहायता मार्गदर्शन तथा सम्पूर्ण सेवामा विशेष अफरहरू राखिएको छ ।

आगन्तुकहरुले निःशुल्क प्रवेश पाउनेछन् । कार्यक्रम बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

यसै सन्दर्भमा, युवाहरूको चासो र उत्साहलाई सम्बोधन गर्न नेपकम्सले अर्को रोचक कार्यक्रम ‘पब्जी शोडाउन’ प्रतियोगिता पनि ल्याएको छ ।

पब्जी मोबाइल गेममा रुचि राख्ने युवाहरूका लागि आयोजना गरिएको यो प्रतियोगितामा विजेताहरूले रु ४०,००० नगद पुरस्कार जित्ने मौका पाउनेछन् । साथै, सहभागीहरूले IELTS तयारी र अध्ययन विदेश परामर्श सेवामा विशेष छुट पनि प्राप्त गर्नेछन् ।

पब्जी प्रतियोगिताका लागि निःशुल्क दर्ता गर्न सकिने र दर्ता फारम असार ४ (जुन १८) सम्म खुला हुने नेपकम्सले जनाएको छ ।