२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना जन्तर स्पस्टिकरण : ‘आयात गर्ने बेलामा नरोक्ने विक्री वितरण गर्ने बेलामा रोक्ने’



अ+ अ-

काठमाडौं । कोरोना भाइरस भगाउने जन्तर (भाइरस रिमुभिङ कार्ड) वितरण गर्ने बियोन्ड द वालट्रेडिङ प्रालिले कोरोना जन्तरको आयात आफुले नगरेको स्पस्टिकरण दिएको छ ।  

कम्पनीका सञ्चालक विप्लब केसीले आफ्नो नाम जोडिएर आयात गरिएको हाल्ला बजारमा आएको तर आफ्नो कम्पनीले विक्री वितरणका लागि मार्केटिङ मात्र गरेको बताउनुभयो । उहाँले कुनै अर्को फर्मले आयात गरेको समानलाई आफुले विक्री वितरण गरेको स्पस्ट पार्नुभयो । उहाँले कार्डले मानव स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषयमा आफुलाई कुनै थाहा नभएको र आयातित वस्तु सर्टिफाइड प्राप्त हो कि होइन भन्ने हेरेर मात्रै विक्री वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘म डक्टर पनि होइन्, म साइन्टिस्ट पनि होइन म त एउटा व्यापारि हुँ । मलाई यसमा सर्टिफिकेसन के छ यो एफटिए एप्रुभ हो कि होइन भन्ने कुरा मैले सोधे, एउटा के क्लियर हो भने यो बियोन्ड द वल्र्ड ट्रेडिङ्ले आयात गरेको भन्ने कुरा आइराखेको छ । त्यहाँ अलिकित मिसलिड भएको देखेको छु अनि अलिकित कन्फ्युजन पनि भयो होला सायद मैले बोलेका मिडियाहरुमा । मैले सामानहरु आयात गरिएको छैन् । यो अर्को पार्टीले गरेको अर्को पार्टी भनेको अर्को फर्म हो । मैले मेरो नाम जोडिएर अहिले सम्म चाइनाबाट केहीपनि आयात गरेको छैन् । 

अमेरिकी सर्टिफिकेट फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए) र युरोपियन युनियनले दिएको सर्टिफिकेट रेष्ट्रिक्सन अफ ह्याजरेस सबस्ट्राक्सन (आरओएजएस) लगायतका सर्टिफिकेट उपलब्ध भएपछि मात्रै मार्केटिङ गरी विक्री वितरण गरेको केसीले स्पस्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘एफडिए फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन यो अमेरिकी सर्टिफिकेट र आरओएजएस रेस्ट्रिक्सन अफ ह्याजरेस सबस्ट्राक्सन युरोपियन युनियनले दिएको सर्टिफिकेट आयातकर्ताले उपलब्ध गराएको हुँदा यसको मार्केटिङ गरिएको बताउनुभयो ।

जन्तरले कोरोना भगाउने नभई स्यानिटइजरले हात सफा गरे जस्तै हावालाई स्यानिटाइज गर्ने काम गर्ने रहेको समेत केसीले स्पस्ट पार्नुभयो । उहाँले देश बाहिरको बजारमा चलनचल्तिमा आएको वस्तुलाई नेपालीहरुको पहुँचमा समेत होस भन्ने उद्देश्यले मार्केटिङ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘बाहिरतिर चलनचल्तीमा आएको चिज रैछ । नेपालीको किन यसमा पहुँच नपुर्याउने भनेर हामीले यसको मार्केटिङ ग¥यौं । मार्केटिङ्मा बाहिर मार्केटमा भनेको जस्तो कोरोना भाइरस रिमुभिङ कार्ड भनेर गरेका पनि छैनौं । त्यो सहि कुरा पनि हैन् । भाइरस रिमुभिङ कार्ड भनिसकेपछि यसमा भएको केमिकल क्लोरिङ डाइअक्साइड अनि अरु दुई तीनवटा छन् । भाइरसलाई डिस्ट्रोएड गर्ने क्षमता राख्दछ भन्ने कुराचाहिं यो आएको छ ।’

आयात भइसकेको वस्तु सर्टिफाइड छ भने वितरण गर्न पाइन्छ भन्ने भएर नै बजारमा ल्याइएको उहाँले स्पस्ट पार्नुभयो । उहाँले यो कार्डले मुटु, फोक्सो लगायतमा असर गर्छ भन्ने कुरा बजारमा आएको र त्यो सत्य नभएको बताउनुभयो । केही हदसम्म असर गर्ने भएपनि मापदण्ड भन्दा माथि नभएको स्पस्ट पार्नुभयो । उक्त कार्ड ६ सय रुपैयाँमा किनेर ६ सय २५ रुपैयाँदेखि ७ सय रुपैयाँ सम्ममा विक्री गरेको उहाँले बताउनुभयो ।

उक्त कार्डमा क्लोरिन डाइअक्साइड, जियोलाइट, ग्यासस्टेन्ट रिलिजड लगायतका केमिकलहरु प्रयोग भएको बताउनुभयो । बजारमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बिना विक्री वितरण गरेको भन्ने विषयमा भने केसीले आयात गर्ने बेलामा नरोकेर विक्री वितरण गर्ने बेलामा रोक्न खोज्नु उचित नभएको बताउनुभयो ।