२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

कोरोना जन्तर स्पस्टिकरण : ‘आयात गर्ने बेलामा नरोक्ने विक्री वितरण गर्ने बेलामा रोक्ने’

कोरोना जन्तर स्पस्टिकरण : ‘आयात गर्ने बेलामा नरोक्ने विक्री वितरण गर्ने बेलामा रोक्ने’
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस भगाउने जन्तर (भाइरस रिमुभिङ कार्ड) वितरण गर्ने बियोन्ड द वालट्रेडिङ प्रालिले कोरोना जन्तरको आयात आफुले नगरेको स्पस्टिकरण दिएको छ ।  

कम्पनीका सञ्चालक विप्लब केसीले आफ्नो नाम जोडिएर आयात गरिएको हाल्ला बजारमा आएको तर आफ्नो कम्पनीले विक्री वितरणका लागि मार्केटिङ मात्र गरेको बताउनुभयो । उहाँले कुनै अर्को फर्मले आयात गरेको समानलाई आफुले विक्री वितरण गरेको स्पस्ट पार्नुभयो । उहाँले कार्डले मानव स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषयमा आफुलाई कुनै थाहा नभएको र आयातित वस्तु सर्टिफाइड प्राप्त हो कि होइन भन्ने हेरेर मात्रै विक्री वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘म डक्टर पनि होइन्, म साइन्टिस्ट पनि होइन म त एउटा व्यापारि हुँ । मलाई यसमा सर्टिफिकेसन के छ यो एफटिए एप्रुभ हो कि होइन भन्ने कुरा मैले सोधे, एउटा के क्लियर हो भने यो बियोन्ड द वल्र्ड ट्रेडिङ्ले आयात गरेको भन्ने कुरा आइराखेको छ । त्यहाँ अलिकित मिसलिड भएको देखेको छु अनि अलिकित कन्फ्युजन पनि भयो होला सायद मैले बोलेका मिडियाहरुमा । मैले सामानहरु आयात गरिएको छैन् । यो अर्को पार्टीले गरेको अर्को पार्टी भनेको अर्को फर्म हो । मैले मेरो नाम जोडिएर अहिले सम्म चाइनाबाट केहीपनि आयात गरेको छैन् । 

अमेरिकी सर्टिफिकेट फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए) र युरोपियन युनियनले दिएको सर्टिफिकेट रेष्ट्रिक्सन अफ ह्याजरेस सबस्ट्राक्सन (आरओएजएस) लगायतका सर्टिफिकेट उपलब्ध भएपछि मात्रै मार्केटिङ गरी विक्री वितरण गरेको केसीले स्पस्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘एफडिए फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन यो अमेरिकी सर्टिफिकेट र आरओएजएस रेस्ट्रिक्सन अफ ह्याजरेस सबस्ट्राक्सन युरोपियन युनियनले दिएको सर्टिफिकेट आयातकर्ताले उपलब्ध गराएको हुँदा यसको मार्केटिङ गरिएको बताउनुभयो ।

जन्तरले कोरोना भगाउने नभई स्यानिटइजरले हात सफा गरे जस्तै हावालाई स्यानिटाइज गर्ने काम गर्ने रहेको समेत केसीले स्पस्ट पार्नुभयो । उहाँले देश बाहिरको बजारमा चलनचल्तिमा आएको वस्तुलाई नेपालीहरुको पहुँचमा समेत होस भन्ने उद्देश्यले मार्केटिङ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘बाहिरतिर चलनचल्तीमा आएको चिज रैछ । नेपालीको किन यसमा पहुँच नपुर्याउने भनेर हामीले यसको मार्केटिङ ग¥यौं । मार्केटिङ्मा बाहिर मार्केटमा भनेको जस्तो कोरोना भाइरस रिमुभिङ कार्ड भनेर गरेका पनि छैनौं । त्यो सहि कुरा पनि हैन् । भाइरस रिमुभिङ कार्ड भनिसकेपछि यसमा भएको केमिकल क्लोरिङ डाइअक्साइड अनि अरु दुई तीनवटा छन् । भाइरसलाई डिस्ट्रोएड गर्ने क्षमता राख्दछ भन्ने कुराचाहिं यो आएको छ ।’

आयात भइसकेको वस्तु सर्टिफाइड छ भने वितरण गर्न पाइन्छ भन्ने भएर नै बजारमा ल्याइएको उहाँले स्पस्ट पार्नुभयो । उहाँले यो कार्डले मुटु, फोक्सो लगायतमा असर गर्छ भन्ने कुरा बजारमा आएको र त्यो सत्य नभएको बताउनुभयो । केही हदसम्म असर गर्ने भएपनि मापदण्ड भन्दा माथि नभएको स्पस्ट पार्नुभयो । उक्त कार्ड ६ सय रुपैयाँमा किनेर ६ सय २५ रुपैयाँदेखि ७ सय रुपैयाँ सम्ममा विक्री गरेको उहाँले बताउनुभयो ।

उक्त कार्डमा क्लोरिन डाइअक्साइड, जियोलाइट, ग्यासस्टेन्ट रिलिजड लगायतका केमिकलहरु प्रयोग भएको बताउनुभयो । बजारमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बिना विक्री वितरण गरेको भन्ने विषयमा भने केसीले आयात गर्ने बेलामा नरोकेर विक्री वितरण गर्ने बेलामा रोक्न खोज्नु उचित नभएको बताउनुभयो ।