२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यता ओली उता मोदीको सम्बोधनको संयोग ! के भने मोदीले ?



अ+ अ-

काठमाडौं। नेपालले आफ्नो अतिक्रमित भूभाग समेत समेटेर नक्सा जारी गरेपछि नेपाल र भारतबीचको सम्बन्ध चिसिन पुगेको सर्वविदितै छ । सम्बन्ध सुधारका लागि वार्ता गर्न नेपालले वार्ताको मिति मागेको छ तर भारतले समय दिएको छैन । तर आज आइतबार यसै पृष्ठभूमिमा दुवै देशका प्रधानमन्त्रीले एकैपटक सम्बोधन गरे र एक अर्कालाई दोषारोपण गरेका छन् । यसलाई बडो संयोग नै मान्नुपर्छ कि यता हाम्रा प्रधानमन्त्री ओली र उता नरेन्द्र मोदीले पनि एक अर्को देशबारे बोलेका छन् तर स्पष्टसँग नाम भने लिएका छैनन् । 

नेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउन भारत प्रयासरत रहेको नै बताए । नेपालले परिमार्जित नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन खोजेको र त्यसमा केही नेपाली नेता पनि लागेको उनले बताए । ती नेता कोे हुन् उनले भनेनन् । ती नेता नेकपा भित्रैका हुन् या विपक्षी दलका भन्ने उनले स्पष्ट गरेनन् । त्यसैमो ओलीले तर पनि आफूलाई हटाउन भने त्यति सजिलो नभएको पनि बताए । उनले भने ‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ, आग्रह नपाले पनि हुन्छ । 

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आजै त्यहाँको एक रेडियोमार्फत सम्बोधन गरेका छन् र नेपालको नामै नलिइ नेपालतर्फ इंगित गरेका पनि छन् । मन की बात नामक रेडियो कार्यक्रममार्फत देशवासीको नाममा सम्बोधन गर्दै उनले छिमेकीहरुले आफ्नो देशविरुद्धका गतिविधि गरेको बताए । उनले केही छिमेकीहरुबाट जे भइरहेको छ देश ती चुनौतहिरुसँग पनि जुधिरहेको आरोप लगाए । नेपालको नामै किटेर त केही भनेनन् तर पनि उनको यो सांकेतिक स्वरुप भने ‘छिमेकीहरु’ भनेर नेपालतर्फ पनि इंगित थियो भन्न सकिन्छ । हुनत इंगित गर्न खोजेको मुख्य छिमेकी चीन हो तर पनि उनले छिमेकीहरु भनेर प्रयोग गरेको शब्दले चीनलाई मात्र नभइ अन्य देशहरुलाई पनि बुझिन्थ्यो जसमध्ये एक नेपाल पनि हो ।

उनले लद्दाखमा भारतीय भूमिमाथि आँखा जलाउनेले कडा जवाफ पाएको बताएका थिए । भारतका साहसी सेनाले देशको मानमा आँच आउन  नदिएको उनको दाबी थियो । भारतीय र चिनियाँ सेनाबीच लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा झडप भएको थियो र त्यहाँ भारतका कैयौँ सैनिक मरिएका थिए । त्यसपछि मोदीको त्यस विषयको यो पहिलो सम्बोधन हो ।