१५ असार २०८३, सोमबार
,
Latest
ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते ८९ अंकसहित भरतपुर अस्पताल उत्कृष्ट जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
तपाईं के खोज्दै हुनुहुन्छ ?

जननेता भण्डारीका विचार अहिले पनि उत्तिकै सान्दर्भिक : पूर्वमन्त्री बाँस्कोटा



अ+ अ-

काभ्रेपलाञ्चोक । नेकपाका केन्द्रीय सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले जननेता मदनकुमार भण्डारी परिवर्तनकारी विचारका योद्धा भएको बताउनुभएको छ ।  जननेता भण्डारीको ६९औँ जन्मजयन्तीमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु काभ्रेपलाञ्चोकद्वारा धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित स्मृतिपार्कमा आयोजित स्मृतिसभालाई आज सम्बोधन गर्दै उहाँले जननेता भण्डारीका विचार र सिद्धान्तका योद्धाका रुपमा रहँदै आउनुभएको दाबी गर्नुभयो । 

उहाँले यतिबेला राष्ट्रवादी आन्दोलन चासो र चिन्ताको विषय बनिरहेका बेला जननेताका परिवर्तनकारी विचार मार्गदर्शक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भण्डारीका विचार वर्तमान अवस्थामा पनि उत्तिकै महत्व बनेको छ, उहाँका सिद्धान्तले आज पनि समग्र विषयको मार्गदर्शक रहेको छ ।” जननेता एउटा व्यक्ति मात्रै नभई राष्ट्र रुपान्तरणका योद्धा रहेको उहाँले दोहोर्याउनुभयो ।

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका उहाँले जननेताको सालिक कुनै ढुङ्गाको प्रतिमा मात्रै नभएको दाबी गर्नुभयो । “यो ढालिने सालिक हैन, एउटा अविचलित सालिक हो, जो नेपालीका मनमनमा कहिल्यै नढल्ने गरी रहिरहन्छ”, उहाँले भन्नुभयो । आन्दोलनहरु विश्रृङ्खलित हुँदा लेनिन र माक्र्स समेतका सालिक ढलेको स्मरण गर्दै उहाँले जननेताको सालिकलाई जनताको मन–मस्तिष्कको सालिकको संज्ञा दिनुभयो । 

उहाँले राजनैतिक दौरानमा धेरै योद्धा गुमाएको उल्लेख गर्दै जननेता मार्गदर्शक सिद्धान्तको प्रतिपादकमा स्थापित हुनुभएको बताउनुभयो । “उहाँ सांस्कृतिक, सामाजिक र राजनीतिक परिवर्तनमा अनन्त र निरन्तर रुपान्तरकारी विचारक हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । उहाँले जननेताको विचार र दृष्टिकोण एउटा सामाजिक, आर्थिक जस्वन पद्धतिका रुपमा ग्रहण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले जननेताको सालिकले उहाँको बहुआयामिक रुप र विचार प्रस्तुत गरिरहने चर्चा गर्दै भन्नुभयो, “ढुङ्गा त बोल्दैन तर जननेताको सालिकले विचार, जीवन्त जीवन र सामाजिक मूल्यमान्यताका पद्धति प्रस्तुत गरिरहेको हुन्छ ।” जननेताको सालिक कुनै सत्ताको बलमा स्थापित कुनै राजा महाराजाको सालिक नभएको बताउँदै नेपालमा परिवर्तनका निम्ति जीवन उत्सर्ग गर्ने योद्धाको सालिक भएको उहाँले बताउनुभयो । 

उहाँले स्वाभाविक रुपमा फरक कोण र शैलीमा चुनौती आउने, भइरहने बताउनुभयो । “हामीलाई स्वाभाविक रुपमा विविध चुनौती आइरहन्छन्, त्यसलाई सामना गरेर अघि बढ्नुपर्दछ, हामीसँग त्यो साहस र सामथ्र्य छ”, उहाँले भन्नुभयो । आफुहरू निरन्तर परिवर्तन र गतिको यात्रामा लागिरहने उहाँको धारणा थियो । 

उहाँले सभाअघि उद्यानमा रहेको जननेताको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको जीप दुर्घटनामा परी निधन भएको थियो । २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मनुभएका उहाँले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरणका लागि ‘जनताको बहुदलीय जनवाद’ ९जबज०को सिद्धान्त प्रतिपादन गर्नुभएको थियो ।