२ भाद्र २०८३, मंगलवार
,
Latest
टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव



अ+ अ-

काठमाडौँ। रुसको सेन्ट पिटर्सबर्ग सहरमा माध्यमिक विद्यालय तहको अध्ययन पूरा गरेका विद्यार्थीको सम्मानमा वार्षिक ‘स्कार्लेट सेल्स’ महोत्सव भव्यताका साथ आयोजना गरिएको छ ।

आईतवार चलेको यस विशेष समारोहमा हजारौँको संख्यामा स्नातक विद्यार्थीको सहभागिता रहेको थियो । नेभा नदीको किनारमा आयोजित यस महोत्सवमा सांगीतिक प्रश्तुति, आकर्षक आतिशबाजी र प्रसिद्ध रातो पाल भएको जहाजको परेड प्रदर्शन गरिएको थियो ।

आयोजककाअनुसार यस वर्ष रुसभरका करिव ६६ हजार स्नातक विद्यार्थी र विभिन्न देशका ४ सय भन्दा बढी आमन्त्रित विद्यार्थीले यस कार्यक्रममा भाग लिएका थिए ।

उत्सवको शुरुवात प्यालेस स्क्वायरमा आयोजित एक कन्सर्टबाट भएको थियो । जहाँ रुसका प्रख्यात गायक तथा सांगीतिक समूहहरूले आफ्नो प्रश्तुति दिएका थिए । मध्यरातपछि, रातो रङका पालहरू सजाइएको रोसिया नामक जहाज नेभा नदीमा प्रवेश गरेसँगै कार्यक्रमले उत्कर्ष रूप लिएको थियो ।

आतिशबाजीको मनोरम दृश्यका बीच जहाजले यात्रा गरिरहँदा विद्यार्थीहरूले उत्साहका साथ खुशीयाली मनाएका थिए ।

सन् १९६८ देखि शुरु भएको यो महोत्सव अलेक्ज्याण्डर ग्रिनको प्रसिद्ध उपन्यास स्कार्लेट सेल्सबाट प्रेरित छ । हाल यो महोत्सव सेन्ट पिटर्सबर्गको एक प्रतिष्ठित सांस्कृतिक कार्यक्रम र रुसकै सबैभन्दा प्रभावशाली शैक्षिक उत्सवका रूपमा स्थापित भएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल