९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते



अ+ अ-

काठमाडौँ। चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनको यिबिन सहरस्थित गाओक्सियान काउन्टीमा सोमवार बिहान ५.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार उक्त भूकम्पमा परी हालसम्म कुनै मानवीय क्षति भएको छैन, यद्यपि १३ जना सामान्य घाइते भएका छन् ।

यिबिन भूकम्प राहत कमान्ड मुख्यालयले सोमवार बिहान ३ः३० बजे दिएको जानकारीअनुसार घाइतेहरूलाई उपचारका लागि तत्काल अस्पताल पठाइएको छ। भूकम्पका कारण जोखिममा रहेका अन्य १९६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

हाल प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यहरू व्यवस्थित रूपमा सञ्चालन भइरहेको मुख्यालयले जनाएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार भूकम्प सोमवार मध्यरात १२ः१२ बजे (बेइजिङ समय) गएको थियो ।

भूकम्पको केन्द्रबिन्दु २८.५० डिग्री उत्तरी अक्षांश र १०४.६९ डिग्री पूर्वी देशान्तरमा जमिनको सतहबाट करिब ६ किलोमिटर गहिराइमा रहेको मापन गरिएको छ ।

भूकम्पलगत्तै चीनको भूकम्प प्रशासनले तेस्रो तहको आपतकालीन कार्ययोजना लागू गरी राहत र क्षति न्युनिकरणका प्रक्रियाहरू अघि बढाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल