१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित

युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित
अ अ+ अ-

काठमाडौँ। युरोपका विभिन्न देशहरू हाल कीर्तिमानी गर्मीको चपेटामा परेका छन् ।

जलवायु परिवर्तनका कारण युरोपेली महाद्वीपमा चरम गर्मीको नयाँ युग शुरु भएको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् ।

तापक्रममा भएको यो वृद्धिका कारण स्वास्थ्य, यातायात र अग्नि नियन्त्रण सेवाहरूमा ठूलो चाप परेको छ भने सम्बन्धित निकायहरूले स्वास्थ्य शतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेका छन् ।

फ्रान्समा गर्मीले दशकौँ यताको रेकर्ड तोडेको छ । गत जुन २४ मा फ्रान्समा सन् १९४७ यताकै सबैभन्दा तातो दिन रेकर्ड गरिएको छ ।

अत्यधिक गर्मीका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । विशेष गरी सडकमा बसोबास गर्ने असहाय व्यक्तिहरूमा यसको गम्भीर असर देखिएको सामाजिक सेवा अधिकारीहरूले बताएका छन् ।

जर्मनीमा पनि गर्मीका कारण स्वास्थ्य समस्याहरू बढ्दै गएका छन् । अस्पतालका आकस्मिक कक्षहरूमा ’हिट स्ट्रोक’ का कारण वृद्धवृद्धाहरूको चाप उल्लेख्य रूपमा बढेको छ । त्यस्तै, लामो समयसम्मको उच्च तापक्रमका कारण जर्मनीको ‘ए२’ मोटरमार्गका कतिपय पुराना खण्डहरू तातेर बिग्रिएका छन् ।

यता इटालीको स्वास्थ्य मन्त्रालयले रोम, मिलान, टुरिन, फ्लोरेन्स, बोलोग्ना, भेनिस र भेरोनासहित १८ वटा सहरमा ‘रेड अलर्ट’ जारी गरेको छ । इटालीको मध्य र उत्तरी भागमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने मौसम पूर्वानुमान गरिएको छ ।

स्पेनमा पनि जुन महिनाको तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ । स्पेनको मौसम विज्ञान एजेन्सीकाअनुसार सन् १९५० यताकै उच्च औसत जुन तापक्रम यस वर्ष रेकर्ड गरिएको हो ।

स्पेनका कुल ८२८ मौसम केन्द्रहरूमध्ये १०० भन्दा बढी केन्द्रहरूमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ, जसले देशको दक्षिणदेखि उत्तरसम्मको भूभागलाई प्रभावित पारेको छ । सिन्ह्वा/ न्युज एजेन्सी