२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

सरकारले योजना बैंकलाई स्वार्थपूर्ति गर्ने हतियार बनायोः सांसद बस्नेत

सरकारले योजना बैंकलाई स्वार्थपूर्ति गर्ने हतियार बनायोः सांसद बस्नेत
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले आफ्नो स्वार्थ पूरा गर्नका लागि योजना बैंकलाई सरकारले हतियार बनाएको आरोप लगाउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद बस्नेतले सत्ता पक्षले तथ्यलाई धुवाँको पर्दाले छोप्ने कोशिस गरेको आरोप लगाउनुभएको हो । उहाँले बजेटमा एकातिर तीन करोडभन्दा कमका योजनाहरु हटाइएको भन्ने तर बजेट कितावमा भने १ लाखदेखि १० लाखसम्मका योजना समावेश गरिएको बताउँदै कस्ता योजना घटाइयो र कस्ता योजना कायम गरियो भनेर तुलनात्मक अध्ययन गरिनुपर्ने बताउनु भयो । सांसद बस्नेतले चार हजार योजना घटाएर भयंकर मितव्ययी काम गरियो भनेर गफ गर्ने तर वास्तविकता अर्कै रहेको धारणा राख्नुभयो । बजेट कितावमा आधाभन्दा धेरै योजनाहरु तीन करोडभन्दा तलमात्र होइन २० देखि २५ लाखसम्म रहेको उहाँको दाबी थियो ।

सांसद बस्नेतले भन्नुभयो, ‘अहिले हामी विनियोजन विधेयकका बारेमा छलफल गरिरहेका छौं । यो सन्दर्भमा मलाई के लाग्छ भने कम्तिमा पनि तथ्यलाई नांगो रुपले छोप्ने र धुँवाको पर्दा लगाएर छोप्ने कोशिस नगरौं । धेरै सकारात्मक सकारात्मक कुराहरुपनि गरिरहनुभएको छ । तीन करोडभन्दा तलका योजना छैनन् नै भनिरहनु भएको छ । यहाँ आधाभन्दा धेरै योजनाहरु तीन करोडभन्दा तलमात्र होइन २५ लाख, २० लाखसम्मका छन् । ती पुराना र क्रमागत योजनालाई सम्पन्न गर्नका लागि होइन, नयाँ योजनाहरु शुरु गर्नका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ, २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सहरी विकास मन्त्रालयका मन्त्री र सचिवज्युहरु भन्दै हुनुहुन्थ्यो– बजेट त तपाईंहरु कहाँ १ खर्ब १८ अर्बको आएछ नि भनेपछि हामीलाई थाहा छैन अर्थ मन्त्रालयले थपिदिएको छ भन्ने सुनेका छौं तर कति थपिदिएको छ हामीलाई त्यो पनि थाहा छैन । हामीले छुट्याएको कार्यक्रम र बजेटको परिमाण त्यो थिएन उहाँहरु आफैं भन्दै हुनुहुन्छ । यसरी आएको सहरी विकास मन्त्रालयको बजेटमा आधा योजनाहरुमा कहीँ २५, कहीँ २०, कहीँ ४० लाख छ कहीँ ५० लाख छ अनि यो तथ्यलाई धुवाँको पर्दा लगाएर छोपिन्छ ? जनता पढ्दैनन्, किताब हेर्दैनन्, सांसदहरुले किताब हेर्दैनन् ? यस्तो कुरापनि गर्नुहुन्छ ? यो यहीँ छ । मैले भौतिक पूर्वाधार मन्त्रालयको केही योजनाहरु हेरेको थिएँ । एउटा जिल्लामा जाँदा बैकल्पिक सहायक मार्गहरु रहेछन् सायद ती जिल्लामा अब सडक बनाउन बाँकी छैन ।

जुन जिल्लामा केही दशकदेखि सडक पूर्वाधारका निर्माणका कामहरु सुरु हुन थालेका छन् त्यहाँ एउटा पनि बैकल्पिक सहायक मार्गहरु उल्लेख गरिएको छैन । कस्ता योजना हटायौं, कस्ता योजना थप्यौं । प्रोजेक्ट बैंक चार हजार घटाइयो, कस्को घटाइयो, कहाँको घटाइयो, अनि कहाँको कायम राखिएको छ ? यसको तुलनात्मक अध्ययन जरुरी हुन्छ कि हुँदैन ? यो बारेमा छलफल गर्नुपर्छ कि पर्दैन ? अनि चार हजार घटाइयो भनेर भयंकर मितव्ययी काम गरियो भनेर गफ नगरौं । अहिलेपनि योजना आयोगले योजना बैंकको कुरा गरिएको छ । योजना बैंकको कुरा आफ्नो स्वार्थ पूरा गर्नका लागि हतियार बनाइएको छ यो प्रमाणित ढंगले भन्नसक्छु । यी दृष्टान्तको आधारबाट हेर्दा बजेटले सिद्धान्त र प्राथमिकताको दृष्टिले होस्, बजेट निर्माण प्रक्रियाको दृष्टिले होस्, कार्यक्रमिक विनियोजनको दृष्टिले होस् यसले राष्ट्रको आवश्यकता र जनताको अपेक्षाहरुलाई सम्बोधन गर्न सकेको छैन ।’

उहाँले बजेटको सिद्धान्त र प्राथमिकता, बजेट निर्माण प्रक्रिया, कार्यक्रमिक विनियोजन अथवा राष्ट्रको आवश्यकता र जनताको अपेक्षालाई बजेटले सम्बोधन गर्न नसकेको दाबी गर्नुभयो ।