२४ असार २०८२, मंगलवार
,
Latest
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना गर्न नेकपा एसको निर्देशन सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, कानुन संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन, आन्दोलनका सबै कार्यक्रम… टिमुरे खोलाबाट बगाएका प्रहरीमध्ये एकको शव चितवनमा भेटियो, दुई अझै बेपत्ता रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाइते गायक राजेशपायलमाथि पूर्वपत्नीको यौन हिंसा आरोप नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा रिहा गर्ने आदेश झाँक्रीलाई समाजवादीको अल्टिमेटम : ७ दिनभित्र स्पष्टीकरण, नत्र निष्कासन सम्भावना आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला



अ+ अ-

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाउनुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्री र नेताका बुवा आमाका नाममा तथा पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको जिकिर गर्नुभयो । दु

र्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभुत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहँदा त्यतातिर सरकारले ध्यान नदिएको आरोप लगाउनु भयो । सांसद ज्वालाले । कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र विचौलियाहरूले हालीमुहाली गरेको टिप्पणी गर्नुभयो । साथै उहाँले केन्द्र सरकारमा ३ करोडभन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको बताउँदै बजेट छरपस्ट रूपमा वितरण गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “यो बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिन्छ । मन्त्री र नेताका बुवा आमाका नाममा, पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको छ । जबकि, दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभुत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन् । कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र बिचौलियाहरूले हालीमुहाली गरेका छन् । केन्द्रमा ३ करोड भन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको छ  र बजेट छरपस्ट रूपमा वितरण गरिएको छ ।”  

बजेटले जनतालाई आशा, भरोसा र समृद्धिको मार्गचित्र दिन नसकेको आरोप लगाउनु भयो ।