२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीमा थप १७९ जनाले जिते कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । नेपालमा थप १७९ कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ । 

आज कोरोना संक्रमण मुक्त हुनेमा रौतहटबाट ४६ जना पुरुष, धनुषबाट ११ जना पुरुष, नारायणी अस्पताल पर्साबाट ५ जना महिला २३ जना पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ३ जना पुरुष, साइ कृष्ण आइसोलेशन सप्तरीबाट १ जना महिला र १५ जना पुरुष, कोरोना विशेष अस्पताल दाङबाट ६ महिला र ३३ पुरुष, सिराहा अस्पताल सिराहबाट ३ जना पुरुष, महेन्द्र जनरल अस्पताल सिराहबाट १ महिला र १२ जना पुरुष र कलैया अस्पताल बाराबाट १७ जना पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार आज डिस्चार्ज भएका १ सय ७९ जना मध्ये १३ जना महिला र १६६ जना पुरुष रहेका छन् । त्यस्तै, डिस्चार्ज भएका कुल ३ हजार १३ जना मध्ये २ सय ५५ जना महिला र २ हजार ७ सय ५८ जना रहेका छन् ।