२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रगतिशील तथा पेशागत कानुन व्यवसायीको नयाँ नेतृत्व चयन, अध्यक्षमा अमर थापा निर्वाचित



अ+ अ-

काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित भएका छन् । थापा २५६ मत ल्याएर निर्वाचित भएका हुन् । प्रतिस्पर्धी ओमप्रसाद थपलियालाई ४३ मतले पराजित भए । थपलियाले २१३ मत पाए ।

यस्तै महिला उपाध्यक्षमा यसोदादेवी खरेल निर्वाचित भइन् । उनले अर्की प्रतिस्पर्धी हिमा देवी बस्नेतलाई १५३ मत अन्तरले हराइन् । खरेलले ३०५ मत पाएर निर्वाचित हुँदा बस्नेतको पक्षमा १५२ मत परेको छ ।

खुला उपाध्यक्षमा भिसेन बन्जारा निर्विरोध निर्वाचित भएका छन् ।

महासचिव पदमा भुवनप्रसाद निरौला निर्वाचित भएका छन् । उनले १६३ मत पाए । महासचिव पदमा निरौलाका निकटतम प्रतिस्पर्धी शिव अर्यालले ११६ मत पाए । अन्य प्रतिस्पर्धीहरुमा देवीप्रसाद भट्टराईले ८३ र शान्तिराम खतिवडाले २७ मत पाए ।

उपमहासचिव पदमा बाबुराम राई २१७ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी सहकुल खत्रीले ११८ मत पाए । अर्का प्रत्यासी अनन्तराज लुइँटेलले ११२ मत पाए ।

सचिव पदमा युवक कुमार गौतम र मुकुन्द प्रसाद अधिकारी निर्वाचित भए । गौतम १३९ मत पाएर सचिव चुनिएका हुन् । अधिकारी र हरिप्रसाद मैनालीको बराबर १३१ मत आएपछि गोलाप्रथाबाट अधिकारी सचिव चुनिए ।

कोषाध्यक्ष पदमा कुमारप्रसाद घिमिरे २९२ मतसहित निर्वाचित भए ।