२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

कोभिड १९ विरुद्धको तयारीका लागि पुर्वमन्त्री राईद्धारा डेढ करोड रुपैयाँ सहयोग

कोभिड १९ विरुद्धको तयारीका लागि पुर्वमन्त्री राईद्धारा डेढ करोड रुपैयाँ सहयोग
अ अ+ अ-

काठमाडौं । बाँके क्षेत्र नम्बर २ का सांसद तथा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले कोभिड १९ विरुद्ध तयारीका लागि भेरी अस्पताललाई भेन्टिलेटर लगायतका उपकरण खरिद गर्न  डेढ करोड रुपैयाँ उपलब्ध गराउनु भएको छ । पुर्वमन्त्री राईले स्थनीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गतका  खर्च हुन नकसेका तीनवटा योजनाको रकम रकमान्तर गरी भेरी अस्पताललाई प्रदान गर्नु भएको हो  । 

स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत ठेक्का सम्झौता नभएका योजनाहरुको रकम असार १५ गतेदेखि फ्रीज  हुने अबस्था भएपछि  रकम फ्रीज हुनुभन्दा पहिलेनै योजना संशोधन गरेर भेरी अस्पताललाई भेन्टिलेटर लगायतका उपकरण खरिद  उपलब्ध  गराउनु भएको हो । सांसद राईको संयोजकत्वमा आइतवार बसेको स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम निर्देशक समितीको बैठकले नेपालगञ्ज उपमहानगर २१ विर्ता गाउँको कर्बला कब्रस्तान र मदरसाको भौतिक पुर्वाधार निर्माण योजना, डुडुवा ६ को बाल सुधार गृहको स्तरउन्नतीका साथै नेपाल प्रहरी अस्पताललाई एम्बुलेन्स खरिद योजना र डुडुवा ३ कै आस्ताना र मदरसा स्तरोन्नती योजनाको हालसम्म ठेक्का समेत हुननसकेकोले ती योजनालाई संशोधन गरेर तिनको रकमलाई भेरी अस्पताललाई दिने निर्णय समेत गरेको छ   । 

कोभिड १९ का कारण गरिएको लकडाउनले गर्दा  तीनवटै योजनाको ठेक्का नै नहुँदा रकम फ्रिज नहोस भन्ने उद्देश्यले सो रकमलाई कोरोना विरुद्धको अभियानमा प्रदान गरिएको सासद राईले बताउनु भयो । 

प्राप्त हुने  डेढ करोड रुपैयाँबाट अतिआवश्यक उपकरण खरिद गरेर कोरोना विरुद्धको अभियानमा निकै ठुलो टेवा मिल्ने अस्पतालले जनाएको छ ।