२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड १९ विरुद्धको तयारीका लागि पुर्वमन्त्री राईद्धारा डेढ करोड रुपैयाँ सहयोग



अ+ अ-

काठमाडौं । बाँके क्षेत्र नम्बर २ का सांसद तथा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले कोभिड १९ विरुद्ध तयारीका लागि भेरी अस्पताललाई भेन्टिलेटर लगायतका उपकरण खरिद गर्न  डेढ करोड रुपैयाँ उपलब्ध गराउनु भएको छ । पुर्वमन्त्री राईले स्थनीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गतका  खर्च हुन नकसेका तीनवटा योजनाको रकम रकमान्तर गरी भेरी अस्पताललाई प्रदान गर्नु भएको हो  । 

स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत ठेक्का सम्झौता नभएका योजनाहरुको रकम असार १५ गतेदेखि फ्रीज  हुने अबस्था भएपछि  रकम फ्रीज हुनुभन्दा पहिलेनै योजना संशोधन गरेर भेरी अस्पताललाई भेन्टिलेटर लगायतका उपकरण खरिद  उपलब्ध  गराउनु भएको हो । सांसद राईको संयोजकत्वमा आइतवार बसेको स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम निर्देशक समितीको बैठकले नेपालगञ्ज उपमहानगर २१ विर्ता गाउँको कर्बला कब्रस्तान र मदरसाको भौतिक पुर्वाधार निर्माण योजना, डुडुवा ६ को बाल सुधार गृहको स्तरउन्नतीका साथै नेपाल प्रहरी अस्पताललाई एम्बुलेन्स खरिद योजना र डुडुवा ३ कै आस्ताना र मदरसा स्तरोन्नती योजनाको हालसम्म ठेक्का समेत हुननसकेकोले ती योजनालाई संशोधन गरेर तिनको रकमलाई भेरी अस्पताललाई दिने निर्णय समेत गरेको छ   । 

कोभिड १९ का कारण गरिएको लकडाउनले गर्दा  तीनवटै योजनाको ठेक्का नै नहुँदा रकम फ्रिज नहोस भन्ने उद्देश्यले सो रकमलाई कोरोना विरुद्धको अभियानमा प्रदान गरिएको सासद राईले बताउनु भयो । 

प्राप्त हुने  डेढ करोड रुपैयाँबाट अतिआवश्यक उपकरण खरिद गरेर कोरोना विरुद्धको अभियानमा निकै ठुलो टेवा मिल्ने अस्पतालले जनाएको छ ।