२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

कानून विश्वविद्यालय स्थापना गर्न सुझाव

कानून विश्वविद्यालय स्थापना गर्न सुझाव
अ अ+ अ-

काठमाडौं । कानूनी उच्च शिक्षाको सुधार, पुनरावलोकन र परिमार्जनका लागि राय सुझाव पेश गर्न बनेको समितिले राष्ट्रिय कानून विश्वविद्यालय स्थापना गर्न सुझाव दिएको छ ।  

समितिका संयोजक, प्राध्यापक एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले कानूनी शिक्षाको सुधार, बढ्दै गएको मागलाई परिपूर्ति गर्न विभिन्न स्टक होल्डरसँग समन्वय गरेर राष्ट्रिय कानून विश्वविद्यालय (नेशनल ल युनिभर्सिटी)को स्थापना गर्न सुझाव दिइएको बताउनुभयो । आइतबार समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा संयोजक शाक्यले नयाँ विश्वविद्यालय स्थापना गर्ने लगायत पाठ्यक्रममा सुधार गर्नुपर्ने सुझावहरु समावेस गरिएको बताउनुभयो । पछिल्लो समय कानूनी शिक्षामा धेरैको चासो बढको तर अव्यवस्थित संरचना तथा प्रक्रियाका कारण गुणस्तरमा समस्या देखिएकाले छुट्टै विश्वविद्यालयको आवश्यकता रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय क्षेत्रमा कानूनी शिक्षाको अभ्यास समेतको अध्ययन गरे प्रतिवेदन तयार पारिएकाले नेपालको कानूनी शिक्षाको आवश्यकता र गुणस्तरियताको समस्या समाधानमा सघाउ पुग्ने विश्वास उहशाँले गर्नुभयो । त्यस्तै नेपालमा रहेका सबै विश्व विद्यालयले पाठ्यक्रमलाई व्यवस्थित बनाउन पनि प्रतिवेदन मार्गनिर्देशक बन्ने बताउनुभयो ।

महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले विश्वविद्यालय तहमा पाठ्यक्रमको विकास गर्दा नै हस्तक्षेप गरेर नियमित अनुगमन गर्ने संरचनाको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले कानूनहरु संंशोधन भइराख्ने तर पाठ्यक्रममा समावेस नहुँदा कानूनी शिक्षा व्यवाहरीक नबन्ने भएकाले समय सापेक्ष पाठ्यक्रमलाई पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो । यस्तै सरकारले आफ्नो रणनीतिक योजनामा कानूनी शिक्षालाई प्रवेश गराइसकेको खरेलले बताउनुभयो ।

प्रतिवेन बुझ्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले कानूनी शिक्षाको सुधारका लागि समितिले तयार पारेको प्रतिवेदन गुणस्तरीय कानूनी शिक्षालाई अगाडी बढाउन मार्गनिर्देशक हुने बताउनुभयो ।  समितिले नेपालको कानूनको शिक्षा, दक्षिण एशियाको कानूनको शिक्षा, एशियाको शिक्षा र विश्वको शिक्षालाई अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन तयार गरेकोले यसैलाई आधार मानेर त्रिभुवन विश्वविद्यालयले पनि गुणस्तरीय शिक्षा सहितको जनशक्ति उत्पादनमा ध्यान दिने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयले कानूनी उच्च शिक्षाको सुधार, पुनरावलोकन र परिमार्जनका लागि प्राध्यापक पूर्णमान शाध्यको संयोजकत्वमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालिन सचिव राजीव गौतम, नेपाल कानून आयोगका सचिव चिरन्जीबी खनाल, नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष खगेन्द्र प्रसाद अधिकारी, महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता श्यामकुमार भट्टराई, सर्वोच्च अदालतका सह रजिष्ट्रार विमल पौडेल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामशरण सापकोटा सदस्य र नेपाल कानून व्यवसायी परिषद्का सचिव रामहरि शर्मा सदस्य सचिव रहनुभएको समिति गठन भएको थियो ।