१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व. सिंहको शोकमा सम्पूर्ण कार्यालय बन्द



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव स्व.राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गत सम्पूर्ण कार्यालय सोमबार बन्द गरिने भएको छ । स्व। सिंहको शोक सभामा राखेपअन्तर्गत केन्द्रीय, सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति सोमबार बन्द गर्ने जानकारी गराइएको हो ।

सो अवसरमा राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व। सिंह प्रशासक र खेलाडीका रुपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गरे ।

त्रिपुरेश्वरस्थित राखेप हातामा आयोजित शोक सभामा सदस्य–सचिव सिलवालसहित वरिष्ठ अधिकृत कमल खनाल, प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कर्मचारीलगायतले स्व। सिंहको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सिंहको गत शुक्रबार राती छाउनीस्थित निवासमा निधन भएको थियो । राखेपका सातौं सदस्य–सचिव रुपमा सिंहले २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हालेका थिए ।
 




भर्खरै