४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा नेतृत्वविहीन हुँदा उद्देश्य र गन्तव्यहीन भयोः सचिव भट्टराई



अ+ अ-

न्यूजपोलार ए.आई.

  • नेतृत्व विहीन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी अल्मलिएको
  • रास्वपा अहिले बादलभित्र उडिरहेको काग जस्तो
  • सांसद पद निलम्वपछि पार्टी प्रमुखको हैसियतले औपचारिक रुपमा कुनैपनि कार्यक्रममा भाग लिन नपाउने

काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले नेतृत्वविहीन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी अल्मलिएको बताउनुभएको छ ।

संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रास्वपा एउटा उदयमान पार्टी भएको बताउँदै रास्वपालाई आफूहरुले पनि सम्मान गरेको बताउनु भयो । संसदभित्र रास्वपाको घटना भने नेतृत्वविहीन हुँदाको अवस्था रहेको बताउनु भयो । उहाँले पार्टी नेतृत्वविहीन हुँदा अन्योलमा रहेको स्पष्ट भएको संसदीय घटनाक्रमले देखाएको बताउनु भयो । रास्वपा बादलभित्र उडिरहेको कागको जस्तो उद्देश्य र गन्त्वयविहीन अवस्थामा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रास्वपा एउटा उदयमान पार्टीको रुपमा आएको छ । हामीले उहाँहरुलाई सम्मान गरेका छौँ । युवा साथीहरु हुनुहुन्छ । पढेलेखेको हुनुहुन्छ । अस्तिको घटना र आजको पनि घटनाले संसदभित्र रास्वपा नेतृत्व विहीन अवस्थामा छ । रास्वपा नेतृत्व विहीन छ । जब पार्टी नेतृत्व विहीन हुन्छ, त्यो अन्योलमा पर्छ । रास्वपा अहिले बादलभित्र उडिरहेको काग जस्तो छ । उद्देश्य र गन्त्वयविहीन अवस्थामा उहाँहरु अवरोधमा सामेल हुनुहुन्छ ।’
सचिव भट्टराईले सांसद पद निलम्वपछि पार्टी प्रमुखको हैसियतले औपचारिक रुपमा कुनैपनि कार्यक्रममा भाग लिन नपाउने भएपनि पार्टीले दलको नेता वा पदबाट नहटाउने गरेको बताउनु भयो  ।