२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको अर्थतन्त्रमा वागमती सरकारको योगदान ३६ दशमलव ५२ प्रतिशत रहने



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।

जसमा वागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.५२ प्रतिशत रहने अनुमान गरिएको छ । वागमती प्रदेश सरकारले बार्षिक सर्वेक्षण सार्वजनिक गर्दै उक्त अनुमान गरेको हो ।

हालै सार्वजनिक वार्षिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा वागमती प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशको कृषि, वन तथा मत्स्य क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर ३.४८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर २.७० प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ११.८० प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो योगदान ११. ६७ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशको खानी तथा उत्खनन् क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर १.८९ प्रतिशत रहने अनुमान रहेकोमा गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ३.२३ प्रतिशत रहेको थियो ।

गत आर्थिक वर्षको यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन् क्षेत्रको योगदान ०.६५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष यस्तो योगदान ०.६२ प्रतिशत रहने अनुमान छ ।

गत आर्थिक वर्ष बागमती प्रदेशको उत्पादनमूलक उद्योगको उत्पादन २.०९ प्रतिशतले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षमा ३.८२ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत आर्थिक वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान ४.९३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ४.९१ प्रतिशत रहने अनुमान छ ।

चालु आर्थिक वर्ष बागमती प्रदेशको विद्युत, ग्यास तथा वाष्प र वातानुकूलित आपूर्ति सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि १९.९५ प्रतिशतले बढ्ने अनुमान छ । वागमती प्रदेश सरकारले सार्वजनिक गरेको सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म प्रदेश सरकारको खर्च २५.६२ प्रतिशत भएकोमा चालुतर्फ ३५.२२ प्रतिशत र पुँजीगततर्फ १९.९४ प्रतिशत खर्च भएको छ ।

सो आवधिमा प्रदेश सरकारको आय ४४ अर्ब ५६ करोड ५३ लाख रहेको छ । बागमती प्रदेशका सबै स्थानीय तहमा बैंकको शाखा पुगेका छन भने त्यहाँ वित्तीय पहुँचमा अभिवृद्धि भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

यस्तै, बागमती प्रदेशमा ९९.९७ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ भने ९२.३५ प्रतिशत घरधुरीमा आधारभुत खानेपानी सुविधा पुगेको छ ।

वागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । युवा वर्गमा उद्यमशील सोचको विकास हुँदै गएको प्रदेश सरकारले जारी गरेको सर्वेक्षणमा उल्लेख छ ।