१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफए कप ड्र : सिटीविरुद्ध आर्सनल र युनाइटेडविरुद्ध चेल्सी



अ+ अ-

लन्डन । एफए कपको आइतबार निकालिएको तालिकाअनुसार पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले आर्सनलको सामना गर्ने भएको छ । यस्तै अर्को सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडविरुद्ध चेल्सी रहेको छ ।

सेमिफाइनलमा प्रतियोगिताकै सर्वाधिक सफल तीन क्लब छन् । आर्सनलसँग १३ पल्ट एफए कप जितेको कीर्तिमान छ । यस्तै युनाइटेडले १२ र चेल्सीले आठपल्ट एफए कप जितेका छन् ।

दुवै सेमिफाइनल वेम्बलीमा हुनेछन् । आइतबारका क्वार्टरफाइनलमा आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१, चेल्सीले लेस्टरलाई १–० र सिटीले न्युकासल युनाइटेडलाई २–० ले हराएका थिए ।