११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग



अ+ अ-

हुम्ला। सिमकोट गाउँपालिकालाई काठमाडौँस्थित भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ ।

नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकालाई शनिबार एम्बुलेन्स सहयोग प्राप्त भएको अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

राजदूतावासले सहयोग गरेको एम्बुलेन्स सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका सबै बिरामीको उद्धार गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

वडा नं १ देखि ८ का स्याडा, याङ्गु, खोल्सीलगायत बस्तीमा गाउँपालिका केन्द्रसँग सडक नजोडिएको भए पनि अन्य सातवटै वडा सडक सञ्जालमा जोडिएका छन् । अब बिरामीलाई अस्पताल पुुर्याउन सहज हुने उहाँले बताउनुभयो । यसअघि गाउँपालिकासँग यस्तो सुविधा थिएन ।
रासस