२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाचिँदा तीन जनाको मृत्यु



अ+ अ-

न्यूजपोलार ए.आई.

पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा तीन जनाको मृत्यु

मृत्यु हुनेमा रुपलाल चौधरी, राजन चौधरी र प्रकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।

२०८० असार २ गतेको बाढीले बगाएपछि यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो ।

२०८१ गत असोज १२ गते आएको बाढीले बगाए पछि दोस्रो पटक पुन: बेलिब्रिज

पाँचथर । मेची राजमार्गस्थित पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय प्रकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।

बेलिब्रिज खस्दा घाइते तीनै जनालाई पाँचथरबाट रेफर गरेर बिराटनगर नोवल अस्पताल पठाइएको थियो । सोही अस्पतालका चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन् ।

हिजो साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो । मेची राजमार्ग अन्तरगत पाँचथर खण्डमा रहेको हेंवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएपछि यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो ।

त्यो बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले बगाए पछि दोस्रो पटक पुन: बेलिब्रिज हाल्न संघीय सरकारले सडक डिभिजन इलाममार्फत प्रकृया अगाडी बढाएर दोभान सुपर सौगात लाइट बिल्डर्स जेभि नामक निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको छ ।

पुल बगेपछि अहिले हृयुम पाइपमार्फत डाइभर्सन गरेर यातायात आवागमन गराइदैछ । यद्यपी ठुलो वर्षा भएर खोलो बढ्नासाथ डाइभर्सन छोपिने र बग्ने जोखिम छ ।