२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालको सम्पत्ति भनेकै हिमाल हुन्, यसको संरक्षणमा जुटौँ’



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको विश्वव्यापी असरका सम्बन्धमा अवलम्बन गर्नुपर्ने रणनीति तयार गर्न राससले आयोजना गरेको हिमालसम्बन्धी तस्बिर प्रदर्शनी कोसेढुङ्गा साबित हुने बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनको आज अवलोकनपछि उहाँले नेपालका हिमाल तथा हिमशृङ्खला, हिमाली क्षेत्रका जनजीवन, पर्यटकीय सम्भावना, जलवायु परिवर्तनको जोखिम र विपद्का पाटो प्रदर्शनीमार्फत जनमानसमा पुगेको बताउनुभयो ।

“तस्विर प्रदर्शनी सकारात्मक छ, हाम्रा सम्पदाको थप प्रवर्द्धन र पर्यटन क्षेत्रमा लागेका व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ”, पूर्वमन्त्रीसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “नेपालको भविष्य, भावी र वर्तमानको सम्पत्ति भनेकै हिमाल हुन् । जुन अहिले जलवायु परिवर्तनको असरले गर्दा नाङ्गिँदै गएका छन् । अब यो अन्तरराष्ट्रिय मुद्दा बन्नुपर्छ ।”

नेता श्रेष्ठले देशभरबाट राससले स¬ङ्कलन गरेका हिमालसम्बन्धी तस्बिरको सरकारको पहलमा अन्तरराष्ट्रियकरण गर्नुपर्ने सुझाव दिनुभयो । “यसखालको तस्बिरको पुस्तक बनाएर अन्तरराष्ट्रियकरण गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

राससका समाचारदाता सृजना राईले उहाँलाई स्वागत गर्दै यस प्रदर्शनीबाट नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे जानकारी प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिसम्म फैलिएका विभिन्न हिमशृङ्खला र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् । रासस