१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

‘नेपालको सम्पत्ति भनेकै हिमाल हुन्, यसको संरक्षणमा जुटौँ’

‘नेपालको सम्पत्ति भनेकै हिमाल हुन्, यसको संरक्षणमा जुटौँ’
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको विश्वव्यापी असरका सम्बन्धमा अवलम्बन गर्नुपर्ने रणनीति तयार गर्न राससले आयोजना गरेको हिमालसम्बन्धी तस्बिर प्रदर्शनी कोसेढुङ्गा साबित हुने बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनको आज अवलोकनपछि उहाँले नेपालका हिमाल तथा हिमशृङ्खला, हिमाली क्षेत्रका जनजीवन, पर्यटकीय सम्भावना, जलवायु परिवर्तनको जोखिम र विपद्का पाटो प्रदर्शनीमार्फत जनमानसमा पुगेको बताउनुभयो ।

“तस्विर प्रदर्शनी सकारात्मक छ, हाम्रा सम्पदाको थप प्रवर्द्धन र पर्यटन क्षेत्रमा लागेका व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ”, पूर्वमन्त्रीसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “नेपालको भविष्य, भावी र वर्तमानको सम्पत्ति भनेकै हिमाल हुन् । जुन अहिले जलवायु परिवर्तनको असरले गर्दा नाङ्गिँदै गएका छन् । अब यो अन्तरराष्ट्रिय मुद्दा बन्नुपर्छ ।”

नेता श्रेष्ठले देशभरबाट राससले स¬ङ्कलन गरेका हिमालसम्बन्धी तस्बिरको सरकारको पहलमा अन्तरराष्ट्रियकरण गर्नुपर्ने सुझाव दिनुभयो । “यसखालको तस्बिरको पुस्तक बनाएर अन्तरराष्ट्रियकरण गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

राससका समाचारदाता सृजना राईले उहाँलाई स्वागत गर्दै यस प्रदर्शनीबाट नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे जानकारी प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिसम्म फैलिएका विभिन्न हिमशृङ्खला र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् । रासस