२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरीरमा कोरोना भाइरस फैलाउने वंशाणु पत्ता लाग्यो



अ+ अ-

न्युयोर्क । वैज्ञानिकहरुले शरीरमा कोरोना भाइरस फैलाउन जिम्मेवार वंशाणु पत्तालागेको दावी गरेका छन् । कोरोना भाइरसका बारेमा विस्तृत जानकारीको खोजमा रहेका वैज्ञानिकहरुले जीन एडिटिंग टुलको मद्दतमा उक्त उपलब्धी हासिल गरेको हो ।

यसबाट ती जिनका बारेमा खोज गरियो, जसले कोराना भाइरसलाई शरीरमा फैलाउन वा अड्डा जमाउन मद्दत गर्दछ ।
उक्त अध्ययनमा वैज्ञानिकहरुले केही जीनलाई अफ्रिकन हरियो प्रजातीको बांदरको कोषमा राखेका थिए ।

फेरी त्यसलाई कोरोना भाइरसबाट संक्रमित गरे । त्यसपछि कुन वंशाणुले भाइरस फैलाउन मद्दत गर्छ र कुन वंशाणु त्यसको विरुद्ध लड्ने एन्टी भाइरल हो भन्ने अध्ययन गरिएको थियो ।वैज्ञानिकहरुले यसको मद्दतबाट मानव शरीरमा यो भाइरसले कसरी असर गर्छ पत्ता लाग्न सक्ने बताए ।

यसले सिधै उक्त जिन वा कोषलाई निसाना बनाउने र भाइरसलाई रोक्न सक्ने प्रभावकारी खोप बनाउन मद्दत पुग्ने बताइएको छ ।अध्ययनमा भाइरसले शरीर भित्र आफुलाई बृद्धी हुन ती वंशाणुको प्रयोग गर्ने तरिका निरिक्षण गरिएको थियो ।

यसमा प्रोटिनको भुमिका अहम मानिएको छ । यसको एक रुप भाइरस बढाउन र अर्को भाइरससँग लड्नमा मद्दत गरिरहेको देखियो । अध्ययन अनुसार एसीई २ रिसेप्टर र क्याथेप्सिन एल प्रोटिन इन्फेक्सनलाई फैलाउनमा मद्दत गर्छ । हिस्टो प्रोटिनले यसलाई बढ्नबाट रोक्ने प्रयास गर्छ ।यो अध्ययन येल स्कुल अफ मेडिसिन, बोर्ड इन्स्टिच्युट र एमआईटी र हाभर्ड युनिभर्सिटी मिलेर गरेको हो ।