१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

करेन्ट लागेर एकजनाको मृत्यु, एक घाइते

करेन्ट लागेर एकजनाको मृत्यु, एक घाइते
अ अ+ अ-

खोटाङ। करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३ वर्षीय रामेश्वर राईको उपचारका क्रममा मृत्यु भएको छ ।

सेगेलेमस्थित घरमा जडान गरिएको विद्युत्को तार हटाउने क्रममा आज दिउँसो करेन्ट लागेर गम्भीर घाइते बन्नुभएका उहाँको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारका क्रममा मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस हुनुभएका राईलाई स्थानीयले गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएका थिए । केन्द्र पु¥याएको केही समयपछि उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक राई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमितिका सचिवालय सदस्य हुनुहुन्थ्यो । उहाँको शव परीक्षण गृहमा राखिएको छ ।

यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका सन्तोष भुजेल करेन्ट लागेर गम्भीर घाइते हुनुभएको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित पोक्लुमा टेकमाइन्ड नेटवर्क कम्पनीको इन्टरनेट मर्मत गर्ने क्रममा उहाँलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते हुनुभएका भुजेललाई गाडीमार्फत उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार शरीरका विभिन्न भागमा करेन्ट लागेर गम्भीर घाइते बन्नुभएका उहाँको उपचारपछि स्वास्थ्यमा सुधार आएको छ ।

भुजेललाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको जिल्ला अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले बताउनुभयो । रासस