१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट
अ अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग चीनका राजदूत चेन सोङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री कार्कीसँग राजदूत सोङको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट भएको हो ।

सो अवसरमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा मुख्यमन्त्री कार्कीले कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्न राजदूत सोङलाई आग्रह गर्नुभयो । उहाँले किमाथाङ्का–जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

सो अवसरमा राजदूत सोङले प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताउनुभयो । राजदूत सोङले किमाथाङ्का क्षेत्रमा चीन तर्फको सडक निर्माण सम्पन्न भएको र नेपालतर्फ काम हुन नसकेको विषयमा जिज्ञासा राख्नुभएको थियो ।

उहाँले नेपालतर्फको भागमा निर्माणमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ । राजदूत सोङ केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा हुनुहुन्छ । उहाँले इलामलगायत प्रदेशका विभिन्न क्षेत्रमा चीन सरकारको सहयोगमा सञ्चालित कार्यक्रमहरूको निरीक्षण गर्नुभएको थियो । रासस