१ श्रावण २०८२, बुधबार
,
Latest
राप्रपाले भ्रष्टाचारविरुद्ध प्रदर्शनसहित अख्तियारको ध्यानाकर्षण गराउने विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ निर्वाचित पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण मन्त्री बलराम अधिकारीको ३२ लाख घुस लिएको अडिओ बाहिरियो मुख्यमन्त्रीद्वारा कानुनी जटिलताको पहिचान गर्न निर्देशन ज्येष्ठ नागरिकका बारेमा जनचेतना जरुरी छ : प्रदेश प्रमुख भट्ट साहित्यिक पत्रकार पन्थी र साह सम्मानित पहिलोपटक जुम्लामा विद्युतीय सार्वजनिक सवारी, चार्जिङ स्टेसन पनि निर्माण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग चीनका राजदूत चेन सोङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री कार्कीसँग राजदूत सोङको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट भएको हो ।

सो अवसरमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा मुख्यमन्त्री कार्कीले कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्न राजदूत सोङलाई आग्रह गर्नुभयो । उहाँले किमाथाङ्का–जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

सो अवसरमा राजदूत सोङले प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताउनुभयो । राजदूत सोङले किमाथाङ्का क्षेत्रमा चीन तर्फको सडक निर्माण सम्पन्न भएको र नेपालतर्फ काम हुन नसकेको विषयमा जिज्ञासा राख्नुभएको थियो ।

उहाँले नेपालतर्फको भागमा निर्माणमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ । राजदूत सोङ केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा हुनुहुन्छ । उहाँले इलामलगायत प्रदेशका विभिन्न क्षेत्रमा चीन सरकारको सहयोगमा सञ्चालित कार्यक्रमहरूको निरीक्षण गर्नुभएको थियो । रासस