२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

मोटरसाइकल चोरी आरोपमा १२ पक्राउ

मोटरसाइकल चोरी आरोपमा १२ पक्राउ
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी नक्कली कागजातसमेत बनाएर मोटरसाइकल किनबेचमा संलग्न भएको आरोपमा १२ जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले यातायात व्यवस्था कार्यालय धनगढीका कम्प्युटर सहायक अपरेटर जीतेन्द्र राना र कार्यालय सहायक गणेश भट्टराईसमेत संलग्न रहेको बताउनुभयो ।“मोटरसाइकल चोरी गरेर नक्कली ब्लूबुकलगायतका कागजात बनाएर किनबेच गर्ने यो एउटै गिरोह हो”, प्रहरी उपरीक्षक मरासिनीले भन्नुभयो, “पक्राउ परेका यातायातका कर्मचारीले नक्कली ब्लूबुक बनाउने काममा सक्रिय रहेको पाइयो ।”

सुदूरपश्चिम प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अप्रेसनबाट उनीहरुसहित आठ थान मोटरसाइकल बरामद गरिएको छ । पक्राउपर्नेमा यातायातका अपरेटर राना, सहायक भट्टराई, कञ्चनपुर लालझाडी गाउँपालिका–३ का ३५ वर्षीया बहादुर राना, बेदकोट नगरपालिका–६ का ३५ का राजकुमार राना, २५ वर्षीया हरेन्द्र राना, ३० वर्षीय सुवेश राना, लालझाडी गाउँपालिकाका रामनिवास राना, शुक्लाफाँटा नगरपालिकाका श्याम राना, बेदकाट नगरपालिकाका राम राना, लाल राना, बेदकोट नगरपालिका १८ वर्षीय प्रदीप राना, २७ वर्षीय लक्ष्मी राना र लालझाडी गाउँपालिकाका रामदयाल राना रहेका छन् ।
“पक्राउ परेकाबाट यातायात व्यवस्था कार्यालय धनगढीका ब्लूबुक र सोही अनुसार सेतीकै नम्बर प्लेट हालेका मोटरसाइकल बरामद गरिएका छन”, प्रहरी उपरीक्षक मरासिनीले भन्नुभयो, “उनीहरुलाई सरकारी कागजात किर्ते र चोरी मुद्दामा कारवाही प्रक्रिया अघि बढाइनेछ ।”

प्रहरी अनुसन्धानमा अभियुक्त कर्मचारीले मोटरसाइलको ब्लूबुक बनाएवापत प्रति मोटरसाइकल रु ८ हजारका दरले रकम लिने गरेका थिए । प्रहरीले चोरीका थप पाँच मोटरासाइकलको पहिचान भइसकेको जानकारी गराउँदै नियन्त्रणमा लिएर थप कारवाही अघि बढाउने जनाएको छ । यसअघि पनि भीमदत्तनगरमा प्रहरीले यातायात व्यवस्था कार्यालयसित मिलेमतो गरी कार, जीपको कागजात बनाउने कर्मचारीसहित सवारीसाधन नियन्त्रणमा लिएको थियो ।