२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मीलाई सरुवा गरेको भन्दै स्थानीयको प्रदर्शन



अ+ अ-

धादिङ । स्वास्थ्यकर्मी सरुवा गरेको भन्दै धादिङको सिद्धलेक गाउँपालिकाका स्थानीय विरोधमा उत्रिएका छन् ।  सिद्धलेक स्थित कुम्पुर स्वास्थ्य चौकीका प्रमुख रकिम अन्सारीलाईअन्यायपूवर्क अन्यत्र सरुवा गरिएको भन्दै स्थानीयबासीमा उत्रिएका हुन् ।  

जनप्रतिनिधिले पूर्वाग्रही ढंगले अन्सारीको सरुवा गरेको विरोधमा आइतबार स्थानीयले गाउँपालिका घेराउ गरेका थिए।

स्वास्थ्य चौकीका इन्चार्ज अन्सारी विगत २४ वर्षअघिदेखि कम्पुर भन्ज्याङस्थित स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्थ्यो ।  

गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले वडाअध्यक्षहरूसँग पनि सल्लाह नगरी राजनीतिक प्रतिशोधका कारण अन्सारीको सरुवा गरेको आरोप स्थानीयले  लगाएका छन् । अन्सारीले भ्रष्टाचार गरेको र स्वास्थ्य चौकीको व्यवस्थापन राम्रो नगरेकाले हटाएको गाउँपालिका अध्यक्ष सिलवालको दावी छ ।